सुतिरहेकै ठाउँमा महिलाको मृत्यु
7 years अगाडी
Susma Dhakal
डोटी। पूर्वीचौकी गाँउपालिका ५ मा २१ वर्षीया पार्वती बोगटी सुतिरहेकै कोठामा मृत फेला परेकी छिन् । जेठानीको घरमा खाना खाएर आफ्नै घरको कोठामा सुतेकी बोगटी मृत फेला परेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब उपरीक्षक तथा प्रबक्ता लालबहादुर धामीले जानकारी दिनुभयो ।
राति सुतेको कोठामा मृतक बोगटीले आगो बालेको र कोठामा सानो झ्याल र एउटा ढोका मात्र रहेका कारण आगोले निसास्सिएर उनको ज्यान गएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान रहेको छ ।
मृतकको पोष्टमार्टम गर्न जिल्ला स्वास्थ्य कार्यालय डोटीमा बिहीबार राति नै शव पुर्याइएको भए पनि पोष्टमार्टम गर्ने डाक्टर नभएका कारण उनको शव पोष्टमार्टमका लागि उपक्षेत्रीय अस्पताल डडेल्धुरा पठाउने तयारी भएको प्रहरी प्रवक्ता धामीले बताउनुभयो । मृतक बोगटीका श्रीमान शंकर रोजगारीका लागि कोरियामा हुनुहुन्छ ।
February 1, 2019 11:16 am | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।
आज जनआन्दोलन दिवस मनाइँदै
Loading...