सुतिरहेकै ठाउँमा महिलाको मृत्यु
7 years अगाडी
Susma Dhakal
डोटी। पूर्वीचौकी गाँउपालिका ५ मा २१ वर्षीया पार्वती बोगटी सुतिरहेकै कोठामा मृत फेला परेकी छिन् । जेठानीको घरमा खाना खाएर आफ्नै घरको कोठामा सुतेकी बोगटी मृत फेला परेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब उपरीक्षक तथा प्रबक्ता लालबहादुर धामीले जानकारी दिनुभयो ।
राति सुतेको कोठामा मृतक बोगटीले आगो बालेको र कोठामा सानो झ्याल र एउटा ढोका मात्र रहेका कारण आगोले निसास्सिएर उनको ज्यान गएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान रहेको छ ।
मृतकको पोष्टमार्टम गर्न जिल्ला स्वास्थ्य कार्यालय डोटीमा बिहीबार राति नै शव पुर्याइएको भए पनि पोष्टमार्टम गर्ने डाक्टर नभएका कारण उनको शव पोष्टमार्टमका लागि उपक्षेत्रीय अस्पताल डडेल्धुरा पठाउने तयारी भएको प्रहरी प्रवक्ता धामीले बताउनुभयो । मृतक बोगटीका श्रीमान शंकर रोजगारीका लागि कोरियामा हुनुहुन्छ ।
February 1, 2019 11:16 am | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी
Loading...