भगवानको पुजा गर्दा वा मन्दिर छिर्दा कहिल्यै नगर्नुस् यी काम ! जान्नुहोस् पुजाका १२ नियम !
तपाई प्रत्येक दिन पुजा गर्नुहुन्छ अनी तपाईको मन असान्त रहेको हुन्छ भने यसको मतलब यो हो की तपाईको पुजापाठमा कहिँ केही गलत नहोस् । मनको शान्ति अनी जुन मनोकामनाले पुजा गरीएको छ, उसको प्राप्तिको लागी विधानपुर्वक पुजा गर्नु जरुरी हुन्छ । जान्नुहोस् पुजा गर्ने समयमा कुन कुराको ख्याल गर्ने अनी कुन नियमको कसरी पालना गर्ने ।
१. शिव, गणेश अनी भैरवलाई तुलसी चढाउनु हुँदैन ।
२. स्नान नगरी तुलसीको पातलाई टिप्नु हुँदैन । शास्त्र अनुसार यदि कुनै व्यक्ति ननुहाइ तुलसीको पात टि प्छ भने पुजा गर्दा यस्तो पात भगवानद्धारा स्वीकार हुँदैन ।
३. तुलसीको पातहरुलाई ११ दिनसम्म बासी मानिँदैन । यसको पातहरुमा जल चढाएर पुन भगवानलाई अर्पित गर्न सकिन्छ ।
४. बिहिवार, एकादशी द्धादशी, संक्रान्ति तथा साँझमा तुलसीको पात टिप्नु हुँदैन ।
५. सुर्यदेवलाई शंखको जलबाट अघ्र्य दिनु हुँदैन।
६. दुवो (एक प्रकारको घाँस)लाई बिहिवार टिप्नु हुँदैन ।
७. बुधवार अनि बिहिवार पिपलको रुखमा जल चढाउनु हुँदैन ।
८. प्लास्टिकको बोत्तल वा कुनै अपवित्र धातुको भाँडामा गंगाजल राख्नु हुँदैन ।अपवित्र धातु जस्तै एल्मुनियम तथा फलामबाट बनेको भाँडाहरु। गं गाजल तामाको भाँडामा राख्नु सुभ मानिन्छ ।
९. केतुकीको फुल शिवलिंगमा चढाउनु हुँदैन ।
१०. कुनैपनि पुजामा मनोकामनाको सफलताको लागी दक्षिणा अवश्य चढाउनु पर्छ ।
११. माता लक्ष्मीको विशेष रुपले कमलको फुल अर्पित गरीन्छ । यस फुललाई पाँच दिनसम्म जल चढाएर पुन प्रयोग गर्न सकि न्छ ।
१२. घरको मन्दिरमा विहान अनी साँझ दिप अवश्य बाल्नुहोस् । एउटा दिप घिउको अनी एउटा तेलको बाल्नुपर्छ ।
१३. सुर्य, गणेश, दुर्गा, शिव तथा विष्णु यि पञ्चदेवता मानिन्छन् । यिनको पुजा सबै कार्यमा अनिवार्य रुपमा हुनुपर्छ । प्रत्येक दिन पुजा गर्ने समयमा यि पञ्चदेवको ख्याल गर्नुपर्छ । यसले लक्ष्मी कृपा अनी समृद्धि प्राप्त हुन्छ । यो तस्बिर हामीले गुगलबाट लिएका हौं ।
February 1, 2019 11:54 am | टिप्स/जानकारी
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग
इरानलाई कहिल्यै पनि आणविक हतियार राख्न दिइने छैन : अमेरिकी विदेशमन्त्री
बङ्गलादेशमा बीएनपीलाई दुईतिहाइ बहुमत, विद्यार्थी आन्दोलनबाट स्थापित एनसीपीले जम्मा ५ सिट जित्यो