Saturday 20th December 2025

श्रीमतीसँग झगडा परेपछि श्रीमानले गरे आत्महत्या प्रयास

7 years अगाडी

उदयपुर – घरमा श्रीमतीसँग झगडा भएपछि उदयपुरका एक युवाले आफैँले बन्दुक हानेर आत्महत्या प्रयास गरेका छन् । जिल्लाको रौतामाई गाउँपालिका वडा नम्बर ५ रातमाटे बस्ने ३८ वर्षीय निरबहादुर राईले भरुवा बन्दुक प्रहार गरी आत्महत्या प्रयास गरेका हुन् ।

घरमा श्रीमतीसँग सामान्य भनाभन हुँदा आवेगमा आफैँले बन्दुक प्रहार गरी आत्महत्या प्रयास गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरीक्षक अर्जुन रानाभाटले बताउनु भयो । डीएसपी रानाभाटका अनुसार शनिबार दिउँसो राईले बन्दुक प्रहार गरेका हुन् ।

घाइते राईको छातीमा ठूलो घाउ छ । जिल्ला अस्पतालमा प्राथमिक उपचार पश्चात् राईलाई विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भर्ना गरिएको छ । प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

          February 3, 2019 1:08 pm | समाज


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...