बहुविवाह गर्ने साहलाई एक वर्ष कैदको फैसला
सप्तरी । जेठी श्रीमतीलाई घरनिकाला गरी बहुविवाह गर्ने डाकनेश्वरी नगरपालिका–१ का ३४ वर्षीय जयराम साहलाई जिल्ला अदालतले एक वर्ष कैद सजायको फैसला गरेको छ।
सप्तरी जिल्ला अदालतका न्यायाधीश हरिश्चन्द्र ढुङ्गानाको एकल इजलाशले जयरामसँगै उनकी कान्छी श्रीमती २३ वर्षीया रुवनकुमारी साहलाई समेत एक वर्ष कैद सजायको फैसला गरेको छ।
जयरामले कुटेर घरनिकाला गरेपछि भारदहस्थित कङ्कालिनी भगवती मन्दिरमा २०७२ फागुन १२ गते रुबनकुमारीसँग दोस्रो विवाह गरेपछि जेठी श्रीमती सञ्जुदेवीले श्रीमान् विरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन्। उजुरीका साथ पीडितले विवाह दर्ता, छोराको जन्मदर्ता र दोस्रो विवाह गर्दा काटेको कङ्कालिनी भगवती मन्दिरको रसिद पेश गरेकी थिइन्।
पीडितले नाबालक छोराको हकमा संरक्षक भई आफ्नो हकमा समेत माग गरेको मानाचामल खर्चवापत अभियुक्तबाट मासिक रु तीन हजार भराई पाउने गरी जिल्ला अदालतले फैसला गरेको छ। सामाजिक परम्पराअनुसार सात वर्षअघि विवाह गरेकी सञ्जुदेवीका पाँच र तीन वर्षका दुई छोरा छन्।
February 6, 2019 11:40 am | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी