Saturday 20th December 2025

अचम्मको राहु पूजा : तरबारमा हिँड्नेदेखि दाँतले टोकेर भेडा मार्नेसम्म

7 years अगाडी

सप्तरी – तराईका जिल्लाहरुमा विशेष आस्थाका साथ गरिने राहु पूजा सप्तरीको कञ्चनरुप नगरपालिका वडा नम्बर ८ को बेरियरमा सम्पन्न भएको छ यो पूजा जुनसुकै जाति तथा समुदायले गरे पनि पुजारी भने दुसाध(पासवान)जातिकै हुनुपर्ने परम्परा रहँदै आएको छ । यो पटक सप्तरीको सुरुङ्गा नगरपालिका वडा नम्बर–८, मल्हनमाका सन्तोषकुमार पासवानले पुजारी(भगता)को जिम्मेबारी सम्हालेका थिए ।

पूजामा सिरहा,सप्तरी,सुनसरी र सीमावर्ती भारतीय क्षेत्रका हजारौँ सर्वसाधारणको घुइँचो लागेको थियो । राहु पूजास्थलमा मुख्य चारवटा विशेषता रहेको पाइन्छ ।

बाँसमा बाँधेको तलवारको धारमा टेकेर उभिने उम्लँदै गरेको खिरको भाँडोमा हात हालेर चारैतिर छर्किने बल्दै गरेको आगोमा हिँड्ने भेँडालाई दाँतले चेपेर घुमाउने मरुञ्जेलसम्म नछाड्ने एक साता अघिदेखि नै पूजा गर्ने व्यक्तिको घरमा आएर पूजामा प्रयोग हुने बाँसलाई वसविटीका घारीमा गएर पूजा गरी निम्तो दिने गरिन्छ । त्यो बाँस पूजा हुने दिन काटेर ल्याउने गरिन्छ । निःसन्तानलाई सन्तान प्राप्ति, आवाज गुमेको मानिसलाई आवाजसमेत आउने गरेको, बिरामीहरु समेत निको हुने जनविश्वास रहेको छ । सूर्य भगवानले अरु कुनै जातिसँग अर्घ्य नलिई पासवान(दुसाध)जातिसँग मात्र लिएको मान्यता रहेको छ ।

कञ्चनरुप नगरपालिका वडा नम्बर–८, की समलु सदाले आफूले गएको वर्ष राहू पूजामा आफ्नो बुहारीको लागि सन्तान प्राप्तिका कामना(भाकल) गरेपछि पूरा भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘बिहेको लामो समयसम्म पनि सन्तान भइरहेको थिएन, पूजा हेर्न आएको बेला भाकल गरेको थिएँ, नभन्दै बुहारीलाई पुत्र प्राप्त भयो ।’

राहु पूजामा राष्ट्रियसभाका पूर्व उपाध्यक्ष रामप्रित पासवान, कञ्चनरुप नगरपालिकाका मेयर वसन्तकुमार मिश्र,उपमेयर निरु पाखरेल, निमित्त कार्यकारी प्रशासकीय अधिकृत पेशल पोखरेल, वडा अध्यक्ष दिलिप चौधरी, राजकुमार साह, नेपाली कांग्रेसका क्षेत्र नम्बर–१, का सभापति ललनप्रसाद गुप्तालगायतको उपस्थिति रहेको पूजा व्यवस्थापक समितिका अध्यक्ष जोगिन्द्र पासवान जानकारी दिनुभयो ।

          February 7, 2019 10:36 am | समाज


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...