करेन्टबाट दुबै हात गुमाएकी मेघा, खुट्टाले लेख्छिन् जिब्रोले मोबाइल चलाउछिन् हेर्नुहोस भिडियो
काठमाडौँ – विराटनगरकी २१ वर्षीया मेघा घिमिरेका दुबै हात बिजुलीको करेन्टले लग्यो । करेन्टले हात लगेपछि उनको श्रीमान टाढिए । मेघाले भागि विवाह गरेकी थिइन् । फेसबुकबाट प्रेम बसेपछि उनीहरुले विवाह गरेको मेघाले बताइन् ।मेघा हाल काठमाडौको जोरपार्टीका जम्बु डाँडा स्थित कोठामा बस्दै आएकी छिन् । एक सातादेखि मेघा र उनकी आमा उक्त ठाउँमा बस्दै आएकी हुन् । उनी माइती घरको संरक्षणमा छिन् । श्रीमान र उनका परिवार उनीबाट टाढिएका छन् ।
करेन्टले हात लगेको घटनापछि आफूलाई मायाँ गर्ने आफ्नो श्रीमान विस्तारै परिवर्तन हुदै गए । जब उनलाई मायाँ र सहयाेगकाे आवश्यकता थियो त्यतीबेला श्रीमान टाढिँदै गएपछि श्रीमानलार्इ उनले गर्ने गरेकाे मायाँ उनीबाट पनि हटिसकेको छ । श्रीमानले फोन नगर्ने र आफूले गर्दा पनि नउठाउने अरुलाई उठाउन दिने गर्दै आएको उनी बताउछिन् ।
उनलाई उपचार गर्न उनकी आमाले खेत बचेकी थिइन् । खेत बेचेर छोरीको उपचार गर्दै अाएकाे र उल्टै विदेश जान्छु भन्दै रु ६० हजार पैसा ज्वाईले लिएको मेघाकी आमले बताइन् । बारमबार मेघालाई पैसा मागेपछि उनले आमालाई सुनाइन् । त्यसपछि आमाले ज्वाई विदेश जाने भनेपछि विदेश गएर कमाएर छोरीलाई हेर्छ भन्दै उक्त रकम दिए ।
ज्वाई पैसा लिएर विदेश नगई उनको घर गएर बसेको र छोरीलाई बेवास्ता गरेको आमाले बताइन् । त्यसरी झुकाएर पैसा लिएपछि नर्फेको ज्वाईले अब छोरीलाई हेर्छ भन्ने झिनो आशा पनि अामामा नरहेको र मेघामा पनि आफ्नो श्रीमान फर्किन्छ भन्ने आशा नरहेको बताउँछिन । करेन्ट लागेपछि घरभित्रै बसिरहने मेघालाई उनका साथीहरु घरमै भेट्न आउने गरेका थिए ।
मेघालाई घरबाट बाहिर जान गाह्रो भएकै कारण भित्र बसिरहन्थिन् । केही समयपछि साथी र चिनजानका सहयोगमा उनी ११ कक्षामा भर्ना भइ पढ्दै छिन् । शिक्षा विषय लिएर पढ्दै गरेकी उनी लेख्ने काम खुट्टाले गर्छिन भने मोबाइल जिब्रोले चलाउछिन् । आमा , बाबा , भाई बहिनीले पनि उनलाई खान खुवाउने , कपाल कोरि दिने जस्ता सबै काम गर्दै आएका छन् । त्यस्तै १५ दिन देखि आफै शौचालय जान सक्ने भएको मेघा बताउछिन् ।
मेघा भन्छिन् , ”एक दिन युट्युवमा कृष्ण दाईको भिडियो देखे र आफूलाई जस्तै समस्या परेको उहाँलाई भेट्न जाने इच्छा थियो । तर उहाँ आफै मलाई भेट्न आउनु भयो । ” उनलाई भेटन कृष्ण ओली र रुपा दुबै उनकै कोठमा पुग्दा धेरै खुसी लागेको सुनाइन् । कृषणले रुपा श्रीमती पाएकोमा धेरै भाग्यमानि रहेको बताउँदै केटी मान्छे र केटा मान्छेको मन फरक रहेको बताइन् ।
सानो बेलाको याद गर्दै मेघाकी अमाले मेघा नाच्नेमा बढी रुची देखाउने बताइन् । ठूलाे हुँदै गएपछि खेलमा धेरै रुचि राख्ने मेघा विवाहापछि आर्मी पुलिस बन्ने चाहाना राखेकी थिइन् । तर मेघालाई श्रीमानले आर्मी पुलिस बन्नबाट पनि बन्चित लगाएको मेघा बताउँछिन् । उनको श्रीमानलाई त्यो क्षेत्र मन नपरेकै कारण उनले आफ्नै इच्छा दबाइन् ।
अहीले मेघा आफूले सक्ने केही काम पाए गर्ने बताउदै विषेश गरी मिडियाको समाचार बचीका बन्न रहर भएको उनी बताउछिन् । उनलाई अहीले सहयोग आउन थालेको छ र अझै बढी सहयोग गरी दिन सहयोगको अपिल गछिर्न ।आएको सहयोगबाट आफ्नो हात राखेर पहिलेको जस्तै हातले काम गर्ने र आफू जस्तै घटना घटेकालाई खोजि खोजि सहयोग गर्ने उनले बताइन् । उनी भन्छिन म जस्तै धेरैले यस्तो पिडा बोकेका छन् अरुले पनि । त्यसैले उनीहरुलार्इ पनि यसरी बाहिर आउन आग्रह गर्छिन ।
February 7, 2019 11:15 am | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी