सुत्केरी आमालाई भत्ता वितरण
भरतपुर । नवलपुरको गैँडाकोट नगरपालिकाले छ महीनामा ८१ सुत्केरी आमालाई भत्ता दिएको छ । नगरपालिकाले नगरभित्रका सुत्केरी आमालाई रु तीन हजारका दरले भत्ता प्रदान गरेको हो । ‘सुत्केरी आमा पोषिलो खाना’ कार्यक्रमअन्तर्गत नगरपालिकाले सुत्केरी आमालाई प्रोत्साहनस्वरुप रु तीन हजार प्रदान गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद आचार्यले जानकारी दिए ।
नगरपालिकाभित्रका बर्थिङ सेन्टरमा नियमित स्वास्थ्य परीक्षण गरेका र सुत्केरी भएका आमालाई मात्र भत्ता उपलब्ध गराएको आचार्यले बताए । नगरपालिकाभित्र गैँडाकोट र पितौजीमा दुई मात्र बर्थिङ सेन्टर सञ्चालनमा छन्।रतनपुर र अमरापुरीमा वर्थिङ सेन्टर सञ्चालनको तयारी छ ।
भरतपुरका सुविधासम्पन्न अस्पताल नजिकै भएका कारण अधिकांश महिला सुत्केरीका लागि भरतपुर जाने गरेका छन् । तर नगरपालिकाको सुत्केरी भत्ता कार्यक्रमबाट निम्नवर्गीय र ग्रामीण इलाकाका नागरिक लाभान्वित भएको गैँडाकोट नगरपालिकाका नगरप्रमुख छत्रराज पौडेलले बताए। कार्यक्रम सञ्चालनपछि नियमित स्वास्थ्य जाँच गराउने बढेको उनको भनाइ छ ।
यस कार्यक्रमले घरमा सुत्केरी गराउनेलाई निरुत्साहित गराउने र महिलाको पोषण अवस्था सुधारमा समेत सहयोग पुगेको नगरप्रमुख पौडेलले बताए ।
February 13, 2019 11:07 am | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी