१९ जना किसान सम्मानित
पाल्पा । रैनादेवी छहरा गाउँपालिकाको चौथो गाउँसभाद्वारा १९ किसान सम्मानित भएका छन् । गाउँपालिकाले कृषि क्षेत्रमा योगदान पुर्याएका व्यक्तिलाई सम्मानित गरेको हो ।
समाजका बेरोजगार युवालाई कृषि पेशामा आकर्षित गर्न सफल त्यस्ता नमूना किसानलाई नगद र प्रमाणपत्रसहित सम्मान गरेको गाउँपालिका अध्यक्ष रामबहादुर कार्कीले बताए । नगद तथा सम्मानपत्र हस्तान्तरण गर्दै अध्यक्ष कार्कीले समाजमा नमूना बन्दै स्थानीय तहको समृद्धिका लागि सहयोगी बन्न अनुरोध गरे।
उत्कृष्ट कृषक पुरस्कारबाट सम्मानित हुनेमा रैनादेवी छहरा गाउँपालिका–५ काधनबहादुर पुन, सन्तोष सार्की, नारायणबहादुर कार्की, रैनादेवी छहरा गापा–३ का पुरुषत्तोम पोखरेल, सुन्तला खेतीतर्फ रैनादेवी छहरा–३ काखिमबहादुर दर्लामी, ४ का भोजराज घिमिरे, ५ का नारायणबहादुर कार्की रहेका छन् ।
दालचिनी खेतीतर्फ रैनादेवी छहरा गाउँपालिका– ८ का दानबहादुर केसी, कली परियार, वडा नं ७ का कुलबहादुर कार्की, कफीतर्फ रैनादेवी छहरा गाउँपालिका–८ का भगबहादुर थापा, वडा नं ७ का बलबहादुर लम्तरी र नारायणबहादुर कार्की, बाख्रापालनतर्फ रैनादेवी छहरा गाउँपालिका–८ का बुद्धिबहादुर राना, वडा नं २ का नारायणबहादुर पोखरेल, वडा नं १ की हेमा रेश्मी, वडा नं ५ का चन्दबहादुर खड्का रहेका छन्
दुग्ध उत्पादनतर्फ रैनादेवी छहरा–२ रेखीराम पोखरेल, अर्जुनप्रसाद पोखरेल र वडा नं ५ का होमनाथ पौडेल रहनुभएको सूचना अधिकारी कृष्णप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । रैनादेवी छहरा गाउँपालिका–५ नं वडाका कार्यालय सहयोगी अम्बरबहादुर रायमाझी पनि सम्मानित भएका छन् ।
सम्मानितहरुले रु पाँच हजारदेखि नौ हजारसम्म नगद पुरस्कार पाउन सफल हुनुभएको छ । गाउँपालिकाअन्तर्गत कृषि विकास शाखाको सहयोगमा गाउँपालिकाले किसानलाई सम्मान गरिएको गाउँपालिकाका प्रवक्ता विष्णु पोखरेलले बताए ।
February 13, 2019 11:25 am | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग