महायज्ञमा ९० लाख दान संकलन
घोराही । घोराही उपमहानगरपालिकास्थित जयशेर माध्यमिक विद्यालय रावतगाउँमा प्राविधिक शिक्षा सञ्चालनका लागि आयोजना गरिएको श्रीमद्भागवत धनधान्याञ्चल विराट नवाह ज्ञान महायज्ञमा रु ९० लाख बढी दान सङ्कलन भएको छ । महायज्ञको अन्तिम दिनसम्म रु ९० लाख दान सङ्कलन भएको आर्थिक समितिले जानकारी दिएको छ ।
महायज्ञमा हिजो मङ्गलबार एकै परिवारले रु २० लाखभन्दा बढी दान गरेका छन् । महायज्ञका निर्देशक रेखबहादुर वलीका अनुसार घोराही उपमहानगरपालिका–६ कम्दा निवासी घनश्याम वलीका परिवारले रु २० लाख ११ हजार १११ दान गरेका हुन् ।
ठूलो रकम दान दिनेहरुमा घोराही उपमहानगरपालिका–६ बचा निवासी केशव महराले रु छ लाख ८० हजार, चोरगाउँ निवासी जगवीर चौधरीले रु पाँच लाख ६१ हजार, पन्नेपुर निवासी चुर्णबहादुर वलीले रु दुई लाख ७१ हजार पाँच, वडा नं ७ निवासी रेवतादेवी योगी र छोरा वलदेव योगीले रु तीन लाख एक हजार १०५ रहेको छ । वडा नं १६ सर्रा निवासी प्रवीण भण्डारी र आमा बोधादेवी भण्डारीले रु दुई लाख पाँच हजार ५५५ र बाँके जिल्ला कोहलपुर निवासी प्रमोद श्रेष्ठ र मीना श्रेष्ठले रु एक लाख १६ हजार १११ दान दिएको समितिले जनाएको छ । महायज्ञमा मुख्यवाचक पण्डित अमृतशरण देवाचार्य छन् ।
विद्यालयको उद्देश्य प्राप्तिका लागि महायज्ञमा सक्दो सहयोग गर्न महायज्ञका निर्देशक रेखबहादुर वलीले सबैमा अनुरोध गरेका छन् । यही माघ २२ गतेदेखि शुरु भएको महायज्ञको आज समापन हुँदैछ ।
February 13, 2019 12:14 pm | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।
आज जनआन्दोलन दिवस मनाइँदै