ब्याट्री पड्किँदा दुई घर जले, आगो निभाउन जाँदा एक वृद्धा घाइते
सिन्धुली – सिन्धुलीको तीनपाटन गाउँपालिका–६ मा सोलारको ब्याट्री पड्किँदा दुई घर जलेर नष्ट भएको छ । बिहीबार भएको आगलागीबाट ७३ वर्षीय पूर्णबहादुर भुजेलका दुई घर जलेर नष्ट भएको हो ।
घरमा रहेको ४५ एम्पियरको १२ भोल्टको सोलार ब्याट्री पड्किँदा घरमा आगलागी भई दुवै घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । तार सर्ट भएर ब्याट्री पड्किँदा भएको आगलागीबाट रु पाँच लाख ६४ हजार बराबरको धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले जानकारी दिनुभयो ।
यस्तै हिजै गाउँपालिका–१० धाप्रेमा आगोले जल्दा एक वृद्धा घाइते हुनुभएको छ । खरबारीमा लागेको आगो निभाउन जाने क्रममा शरीरको बाहिरी भाग जलेर ६० वर्षीया अमृता दर्जी गम्भीर घाइते हुनुभएको हो ।
उहाँको सिन्धुली अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि धुलिखेल पठाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक सिहंले जानकारी दिनुभयो ।
February 15, 2019 10:47 am | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी