श्रीमतीले नै हालिन् श्रीमानविरुद्ध बलात्कारको मुद्दा
डोटी – शिखर नगरपालिका वडा नम्बर ६ की एक महिलाले आफ्नै श्रीमानले आफूलाई जबरजस्ती करणी गर्न खोजेको भन्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी छिन् ।
श्रीमानले आफूलाई जबरजस्ती करणी गर्न खोजेको भन्दै उनले जिल्ला प्रहरी कार्यालय डोटीमा यही फागुन १ गते मुद्दा दर्ता गरेको जिल्ला प्रहरी कार्यालय डोटीका मुद्दा फाँटका प्रहरी निरीक्षक सुरेन्द्रबहादुर बमले बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘श्रीमानले जबरजस्ती करणी गर्न खोजेको भन्दै निजकी श्रीमतीले मुद्दा दर्ता गराउनु भएको छ, हामीले श्रीमानलाई पक्राउ गरेर अदालतबाट म्याद थप गरेर अन्य अनुसन्धान सुरु गरिरहेका छौँ ।’
आफनै श्रीमानले बलात्कार गर्न खोजेको भन्ने विषयमा डोटीमा श्रीमतीले मुद्दा दर्ता गराएको यो पहिलो पटक हो । जिल्ला प्रहरी कार्यालय डोटीका मुद्दा फाँटका प्रहरी निरीक्षक बमका अनुसार श्रीमतीले दिएको निवेदनअनुसार कसुर प्रमाणित भए निज श्रीमानलाई २ वर्ष ६ महिना जेल सजाय हुन सक्ने नियम रहेको जानकारी दिनुभयो । उनीहरुबीच विवाह भएको ८-९ वर्ष भएको र उनीहरुबाट दुई वटा सन्तान समेत जन्मिसकेका छन् ।
February 16, 2019 11:15 am | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।
आज जनआन्दोलन दिवस मनाइँदै