ससुराद्वारा दाउराले हानेर गर्भवती महिलाको हत्या !
काभ्रेको चौरी देउराली गाउँपालिका ५ गनेटारमा गत १७ गते एक गर्भवती महिलाको निर्मम हत्या भएको छ ।१८ बर्षीया गर्भवती बिपना ढकाल चौलागाईलाई उनका ससुरा पदमलाल चौलागाईले दाउराले हानेर हत्या गरेको प्रहरी समक्ष स्वीकार समेत गरिसकेका छन् । पोस्टमार्टमको क्रममा मृतक महिला गर्भवती रहेको पुष्टि भएको हो ।
बिपन्न परिवारमा जन्मिएकी बिपनाले १५ बर्ष मै प्रेम बिबाह गरिन् । घरमा आफ्नो सम्बन्ध बारे बिपनाले माइतीमा राम्रो नै रहेको बताउदै आएकी थिइन् । तर १७ गते सामान्य घरयासी झगडामा उनका ससुरा पदमलाल चौलागाईले गर्भवती बिपनालाई चिरपट प्रहार गरी हत्या गरे र बुहारीको शबलाइ जंगलमा लगेर पुरे ।
आफन्तले दिएको सुचनाबाट प्रहरीले हत्यारा पदमलाल र शव लुकाउन संलग्न उनकी श्रीमती जमुना र र छोरी सन्तोषीलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ । यता बिपनाका पिता मिन बहादुर ढकालले आफ्नो छोरीको हत्यारालाइ हदै सम्मको कारबाही हुनु पर्ने माग गरेका छन् ।
बिपन्न परिवार की बिपनाको हत्यारा उम्किएला भन्ने चिन्ता आफन्तको छ । बिपनाको परिवारलाई आफन्त र गाउँलेले साथ दिंदै प्रहरीलाई हत्यारा नउम्कियोस् भन्ने चेतावनी समेत दिदै आएका छन् ।
शुक्रबार महाराजगंज शिक्षण अस्पतालमा पोस्टमार्टमको क्रममा बिपना ४ महिनाकी गर्भवती रहेको पुष्टि भएको हो । यसरी घर भित्रै एक गर्भवती महिलाको निर्मम हत्या हुनु समाजको क्रुरताको पराकाष्ठा हो।
February 17, 2019 1:06 pm | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी