६० बर्षिय आमा जीवनको भिख माग्दै, यो संसारमा कोहि छैन (भिडियो सहित)
फुलमाया कार्कीले आफ्नो उपचारमा आर्थिक सहयोग गर्न सबैसँग आग्रह गरेकी छन् । ओखलढुंगाकी कार्कीले आफ्नो उपचारको लागि सहयोग गरिदिन सबैसँग आग्रह गरेकी हुन् । उनले उपचार सम्भव भएकाले सहयोग गर्न आह्वान गरेकी छन् ।
उनको देब्रे हालमा समस्या देखिएको छ । बिगत लामो समयदेखि हातमा समस्या देखिएपनि आर्थिक अभावमा उपचार गर्न नसकिएको उनले बताएकी छन् । उनी अहिले उपचारको लागि ओखलढुंगाबाट काठमाण्डौ आइपुगेकी छन् ।
फुलमायाको हातमा ट्युमर रहेको हुन सक्ने ज्योती राईले बताएकी छन् । अहिले फुलमाया काठमाण्डौको बुढानिलकण्ठमा रहेको ज्योती राईकै घरमा आश्रय लिएर बसेकी छन् । उनको उपचारमा अहिले ज्योतीको परिवारले आर्थिक सहयोग गरिरहेको छ ।
घर ओखलढुंगा भएपनि अहिले भने आफ्ना आफन्त कोही नभएको फुलमायाले गुनासो गरेकी छन् । १५ बर्षकै उमेरमा विवाह भएको भएपनि श्रीमान श्रीमतीबाट छोराछोरी नभएपछि उनी घरपरिवारको उपेक्षामा परेकी हुन् । उनको श्रीमानले अहिले दोस्रो विवाह गरेका छन् ।
‘ म माथी सौता ल्याएको चाँही थाहा छ’ उनले भनिन्, ‘तर अहिले श्रीमान कहाँ छन्, कस्तो अवस्थामा छन् ? त्यो भने अहिले थाहा छैन ।’ ज्योती राईले पनि उनको उपचारमा सहयोग गरिदिन सबैसँग आग्रह गरेकी छन् । आमाको हातमा के भयो यस्तो ? जीवनको भिख माग्दै मिडियामा, श्रीमानले छोडेपछि बेहाल…हेर्नुहोस् भिडियो
February 19, 2019 3:06 pm | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।
आज जनआन्दोलन दिवस मनाइँदै