Saturday 20th December 2025

२२ वर्षीया सिर्जनाको घटनास्थल मै ज्यान गयो !

7 years अगाडी

ताप्लेजुङ सदरमुकाम फुङलिङमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । अर्का एक घाइते छन् । दुर्घटनामा देउमाई नगरपालिका–१ की २२ वर्षीया सिर्जना गुरुङको मृत्यु भएको हो ।

दुर्घटनामा मोटरसाइकल चालक अमिर वर्देवा घाइते भएका हुन् । पाथीभरा याङ्वरक गाउँपालिका–१ नाङ्खोल्याङ निवासी अमिरको उपचार भइरहेको छ । उनको अवस्था गम्भीर रहेको बताइएको छ ।

जिल्लाप्रहरी कार्यालय ताप्लेजुङका अनुसार मंगलबार दिउसो ना २१ प ५६२८ को मोटरसाइकल सडकबाट नालीमा खसेर दुर्घटना भएको हो । फुङलिङ बजारस्थित मालपोत कार्यलयबाट मेची राजमार्गतर्फ जाने क्रममा ना. २१. प. ५६२८ को मोटरसाइकल सडकबाट नालीमा खसेर दुर्घटना भएको हो ।

मृतक गुरुङ सिंचाई कार्यालय ताप्लेजुङकी सामाजिक परिचालक थिइन् भने वर्देवा नृत्य प्रशीक्षक हुन् । तिव्र गतिका कारण दुर्घटना भएको हुन सक्ने जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख सञ्जयसिंह थापाले बताए ।

          February 20, 2019 12:04 pm | समाज


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...