पशुपतिजीले गल्ती गर्नुभयो : गायिका ज्योती मगर
चर्चित एवं लोकप्रिय गायक पशुपति शर्माको गीत लुट्न सके लुट कान्छाको चर्चा अझै सेलाएको छैन । उनको गीतमाथि लगाईएको प्रतिबन्धबारे अलजजिरा र भारतीय मिडियाहरुले समेत समाचार बनाईसकेका छन् । देशमा देखिएको पछिल्लो बिकृती र बिसंगतीकाबारेमा उनले गाएको गीतप्रति सत्तारुढ दलका युवा संगठनले आपत्ति जनाए ।
धम्कीकै बीच उनले गीत हटाए । लोकगीत प्रतिष्ठानले पशुपतीले दुरुस्तै गीत राख्नु पर्ने निर्णय गरिसकेको छ । उनको समर्थनमा सामाजिक सञ्जाल रंगिएका छन् तथापी पशुपतिले सो गीत आफनो युट्युव च्यानलमा राखेका छैनन् ।
यता गीतसंगितकै क्षेत्रमा लागेका हस्तीहरुले पनि पशुपतिको गीतमाथि प्रतिक्रिया दिईरहेका छन् । जनवादी गायक जीवन शर्मा , मन्जु पौडेल लगायतले पशुपतिले गीत लेखनमा गल्ती गरेको बताईरहेका बेला अर्की चर्चित गायिका ज्योती मगरले पनि पशुपतिको गीतमाथि प्रतिक्रिया दिएकीछिन् ।
एक अन्तरवार्ताको क्रममा उनले कतिपय गायक गायिकाहरुले राजनिती पार्टीको कार्यक्रममा झण्डा बोकेर गीत गाउँदा पशुपतिले ल्याएको गीतमाथि शंका गरिएको बताईन् । उनले पशुपतिको गीतमाथि राजनिती गर्ने र समर्थन गर्ने दुबैले अनावश्यक हल्ला मात्र गरेको आरोप लगाईन् ।
राजनितीक पार्टीको कारण गीतलाई लिएर पशुपति शर्मा चाही बिचमा पेलिएको उनको बुझाईछ । उनले पशुपतिको गीत व्यंग्यात्मक भएको भन्दै उनले भनिन् “पशुपतिजीले गीत हटाउनु हुँदैनथ्यो । धम्की दिँदैमा गीत हटाउनु उहाँको गल्ती भयो । उहाँ डराउनु भयो” ।
पशुपतिको समर्थन गर्दे आफुले गरेको राम्रो काममा अरुले जे भने पनि अडिग हुनु पर्ने उनको भनाई छ । बिगतमा पनि जातजातिकाबारेमा गीत निकाल्दा बिरोध हुँदा हटाएको प्रति पनि ज्योतीले आलोचना गरिन् । ज्योतीले आफनो गीतमा पनि बिरोध र धम्की आउँदा आफुले नहटाएको स्मरण गरिन् ।
February 21, 2019 10:37 am | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।
आज जनआन्दोलन दिवस मनाइँदै