आमाले पिट्दा छोरीको मृत्यु
काठमाडौँ, १४ फागुन । ‘यी सानी नानीलाई मैले पाँच दिनदेखि देखिरहेको छु । आमा दिनभर गिट्टी बोक्छिन् । नानीलाई एकाछेउमा राखिएको हुन्छ । न रुन्छिन्, न झगडा गरेको देखिन्छ । भगवान्को रुपजस्तै । मेरो मनमा अनयासै अमिलो भएर आयो । के गर्न सक्थेँ र ? दुई प्याकेट बिस्कुट दिएँ र हलुका भएँ ।
यद्यपि, कस्तो लागिरहन्छ ।’ आमाले गिट्टी बोक्दा एकाछेउमा भलाद्मी भएर बस्ने दुई वर्षीया बालिकाको शान्त र भद्र स्वभावबारे ताप्लेजुङका तत्कालीन जिल्ला न्यायाधीश अशोककुमार बस्नेतले त्यसबेला आफ्नो फेसबुकमा लेखेका स्टाटस हो यो ।
आमाछोरीको अवस्था देखेर न्यायाधीश बस्नेतले दुई वर्षअघि आमालाई अदालतमै फूल गोड्ने काममा लगाइदिएका थिए । आमा अदालतको फूलबारी दैनिक रेखदेख गर्थिन् । चार वर्षकी छोरी स्कुल जान थालेकी थिइन् । भगवान्जस्ती तिनै आमाको हात बच्चीका लागि काल बनिदियो । ३२ वर्षीया पूजा चेम्जोङका कारण चार वर्षीया छोरी मनिकाको प्राणपखेरु उड्यो ।
स्थानीयका अनुसार बुवा सन्तवीर लिम्बु बिहानै काममा निस्कएका थिए । गृहकार्य नगरेको भन्दै मदिराले लट्ठ भएकी पूजाले बिहीबार छोरीलाई पिटेकी थिइन् । ताप्लेजुङ प्रहरी प्रमुख डीएसपी सञ्जयसिंह थापाका अनुसार गृहकार्य नगरेकाले स्कुल जान नमोपछि आमाले कुटेकी थिइन् ।
February 26, 2019 11:15 am | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।
आज जनआन्दोलन दिवस मनाइँदै