नेपाल आइडल कृशल कडेलको म्युजिक भिडियोमा ‘कृशल र सेड्रिनाको’ रोमान्स भाइरल हुदै (भिडियो सहित)
नेपाल आइडल सिजन २ बाट चर्चित बनेका कृशल कडेलको पहिलोम्युजिक भिडियो म्युजिक यतिबेला भाइरल बनेको छ। । गायनसंगै किशोरी नायिका सेड्रिना शर्मासंग उनले अभिनय गरेको गीतले युट्युबमा २४ घन्टामा झण्डै ५ लाख पटक हेरिएर नयाँ कीर्तिमान बनाएको छ।
यो समाचार तयार पार्दा सम्म गीत ६ लाख ५० हजार पटक हेरिएको छ र ट्रेण्डिङ पनि परेकोछ। यस अघि यो जोडी संगै अन्तरवार्ता दिएर युट्युबमा भाइरल भइ ट्रेण्डिङ्ग परेको थियो। सेड्रिनाले यस अघि पनि “नाईँ नभन्नु ल ५” अभिनय गरेर चर्चामा आएकी थिइन।
‘ओढेर घूँघट’ बोलको कृशलको यस गीतमा चर्चित संगीतकार अर्जुन पोखरेलको संगीत र नृपेश उप्रेतीको प्रेमिल भावको शब्द रहेको छ। यसमा गोपाल रसाईलीको संगीत संयोजन रहेको छ। म्युजिक भिडियोलाई भद्रगोलका निर्देशक दिपक आर्चायले निर्देशन गरेका हुन् भने कोरियोग्राफी तेन्जु योञ्जनले।
यसैगरी म्युजिक भिडियोलाई अर्जुन तिवारीले छायांकन गरेका हुन भने चन्दन दत्तले सम्पादन गरेका हुन। कृशल नेपाल आइडलको दोस्रो सिजनमा टप ८ मा पुग्न सफल भएका थिए।
February 26, 2019 11:49 am | भिडियो
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बिहे भोजमा गएका दुई बालिकाको शव फेला, सँगै गएकी किशोरी बेपत्ता
प्रतिब्यारेल २ सय डलरमा तेल किन्न विश्व तयार हुनु : इरान
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन