भोलि बिहीबार भुलेर पनि गर्नुहुँदैन यी पाँच काम ! उज्यालो जीवनमा लाग्न सक्छ ग्रहण !
ब्रह्माण्डमा अवस्थित ९ ग्रहको गुरु मानिने बृहस्पतिको दिन मानिने बिहीबार धार्मिक दृष्टिले महत्त्वपूर्ण मानिन्छ । बिहीबार गरेका धार्मिक कार्यको फल तत्काल मिल्ने मानिन्छ । तर, बिहीबार केही काम गर्न भने निषेध गरिएको छ । यहाँ बिहीबार गर्न नहुने भनेर उल्लेख गरिएका पाँच यस्ता छन् : (१) कपाल नुहाउनु हुँदैन
शास्त्रमा बिहीबार कपाल नुहाउनु नहुने उल्लेख छ । खास गरी महिलाले बिहीबार कपाल नुहाउनु अशुभ मानिन्छ । बिहीबार कपाल नुहाउँदा पति र सन्तानलाई अशुभ हुने शास्त्रमा उल्लेख छ ।
(२) दारी काट्नु वा नङ काट्नु हुँदैन : बिहीबार नङ काट्नु र दारी काट्नु अशुभ मानिन्छ । यस्ता कार्य बिहीबार गर्दा जागिरमा समस्या हुने र पदोनन्ती हुनुको साटो घटुवा हुनेसमेत खतरा हुने शास्त्रमा उल्लेख छ ।
(३) कपडा धुँदा अशुभ : बिहीबारको दिन भारी कपडा धुनु राम्रो मानिँदैन । बिहीबारको दिन ठूला–ठूला कपडा धुँदा अशुभ हुने मानिन्छ ।
(४) घरको फोहोर फाल्नु हुँदैन : बिहीबार घरमा भएको फोहोर बाहिर फाल्नु पनि नराम्रो मानिन्छ । बिहीबारमा घरमा भएको फोहोर बाहिर फाल्दा अशुभ हुने मानिन्छ । घरको सरसफाइ सकेसम्म बिहीबार नगर्नु नै राम्रो हुन्छ ।
(५) लक्ष्मीको मात्र पूजा : बिहीबारको दिन लक्ष्मी नारायणको दिन मानिन्छ । यस दिन पूजा गर्दा लक्ष्मीको मात्र गर्नुहुँदैन । पूजा गर्दा लक्ष्मीनारायणको पूजासँगै गर्नु राम्रो हुन्छ । यसले पति–पत्नीबीचको सम्बन्ध पनि राम्रो हुने शास्त्रमा उल्लेख छ ।
February 27, 2019 2:08 pm | टिप्स/जानकारी
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग
इरानलाई कहिल्यै पनि आणविक हतियार राख्न दिइने छैन : अमेरिकी विदेशमन्त्री
बङ्गलादेशमा बीएनपीलाई दुईतिहाइ बहुमत, विद्यार्थी आन्दोलनबाट स्थापित एनसीपीले जम्मा ५ सिट जित्यो