राजेश पायल राइले कुवेतवासी नेपालीलाई पठाए चुलेनिम्तो ( भिडियो )
कुवेत – राजेश पायल राइले कुवेतवासी नेपालीलाई चुलेनिम्तो पठाएका छन् । नेपाल कुवेत सरोकार समाजले नेपाली नयाँ वर्षको अबसर पारी आयोजना गर्न लागेको साँस्कृतिक कार्यक्रममा उपस्थितको लागी कुवेतवासी नेपालीलाई चुलेनिम्तो पठाएका हुन् ।
यही आउँदो अप्रील १९ तारिख नेपाल कुवेत सरोकार समाजले नयाँ बर्ष २०७६ को अबसर पारी आयोजना गर्न लागेको सांस्कृतिक कार्यक्रमा अतिथि कलाकार बहु प्रसिद्ध गाएक मेघा स्टार राई इज किङ्स राजेश पायल राईको साथमा नेपाली नयाँ वर्ष २०७६ को शुभकामना आदानप्रदान तथा धमाका ३ साँस्कृतिक कार्यक्रम गर्ने भएको हो ।
नयाँ बर्षको अबसर पारी गर्न लागीएको समाजको तेश्रो सांगीतिक कार्यक्रममा अतिथि कलाकार राजेश पायल राई लगायत स्थानीय ख्याती प्राप्त कलाकारको जोडदार प्रस्तुति रहने समाजका अध्यक्ष राम तामाङले बताएका छन् ।
आफ्नो स्थापना काल देखी नै बिभिन्न सामाजिक कृयाकलापहरुमा आबद्ध रहँदै एक सफल सामाजिक सँस्थाको रुपमा आफ्नो पहिचान बनाउन सफल संस्था नेपाल कुवेत सरोकार समाजले यो तेश्रो सांगीतिक कार्यक्रम गर्ने भएको हो ।
नेपाल कुवेत सरोकार समाजले नयाँ बर्षको अबसर पारी आयोजना गरेको तेश्रो सांगीतिक कार्यक्रम
सफल पार्न कुवेतमा कृयाशिल सबै संघ संस्थाहरु माँझ आपसी सहयोग तथा सहकार्यको लागी अनुरोध गर्दै अध्यक्ष तामाङले कुवेतमा कृयाशिल सम्पूर्ण संघ संस्थाका पदाधिकारी, बुद्धिजिवि, समाजसेवी, पत्रकार, कलाकार, खेलाडी साथै सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई कार्यक्रममा उपस्थितिको लागि अनुरोध समेत गरका छन् ।
भिडियो :-
कार्यक्रमबारे जानकारी –
मिति:- एप्रिल १९ तारिख शुक्रबार २०१९
स्थान:- नोटिमघाम ब्रिटिश स्कुलमा जिलिब
समय:- बिहान ठिक ११ बजे
आयोजक :-नेपाल कुवेत सरोकार समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
क्यान्सर पीडित प्रेम कुमारी लिम्बुलाई झापाली समाज कुवैतको आर्थिक
फिलिपिन्सको सर्वाेच्च अदालतको ऐतिहासिक फैसला, समलिङ्गी जोडीले सम्पत्तिको सह–स्वामित्व लिन सक्ने
प्युठानीको सान रुख चिन्न्हमा मतदान डा. गोविन्दराज
गोरखा समाज कुवेतको प्रथम अधिवेशन बाट अध्यक्ष पदमा मदन पनेरू चयन
खोटाङ कुवेत सम्पर्क मञ्च द्वारा दोस्रो सांगीतिक धमका आयोजना हुने
दुर्गा प्रसाईं चाल्नाखेलबाट पक्राउ
बैतडीमा जन्ती बस दुर्घटना : ज्यान गुमाएकाका परिवारलाई सुदूरपश्चिम सरकारले एक लाख राहत दिने
यात्री समाज कुवेतद्वारा शिक्षामा सहयोग ,शैक्षिक सामग्री वितरण