आजकै शुक्रबार देखि गर्नुहोस् यी भगवानको पूजा ! चाँडै बनाइदिनेछन् करोडपति !
जीवनमा जसले धेरै धन कमाउँछ त्यो व्यक्तिको नाम जहाँ पनि अगाडी रहन्छ । जीवनको ठूलो सफलता र संघंर्ष नै धन कमाउनु हो । त्यसैले आज हामीले तपाईहरुलाई कुन भगवानको उपसना गर्नाले धन कमाउन सकिन्छ भन्ने बार बताउन गइरहेका छौँ । जुन कुरा शास्त्रमा समेत उल्लेख गरिएको छ ।
देवता मध्येका सबैभन्दा धनि देवता कुवेरको सधैभरि उपसना गरेमा धन लाभ हुने बताइएको छ । यो कलियुग हो त्यसैले हरेक काम गर्नुपुर्व जो कोहीलाई पनि खुसी पार्न सक्नु पर्छ । त्यसैले तपाई धन आर्जन गर्न चाहनुहुन्छ भने भगवान कुवेरलाई खुुसी पार्नु जरुरी रहेको छ ।भगवान शिवले पनि आफु प्रसन्न बनेर कुबेरलाई यस्तो जिम्मा दिएका थिए ।
पौराणीक कथामा बताए अनुसार सामान्य परिवरमा हुर्किएका कुवेर भगवान शिवको कठोर तपस्या गर्ने गर्थे । कुबेरले आफुप्रति गरेको यस्तो तपस्याको कारण भगवान शिव प्रसन्न भएर संसारका सम्पतिको अधिपत्य कुबेरलाई नियुक्ति गरेका थिए । शिव भगवानले दिएको यो अनुग्रहको कारण कुबेरमा प्रसन्नताको सिमा नै थिएन् । एक दिन शिव भगवानको मनमा कुबेर देखेर लालच छायो र कुबेरलाई शिक्षा सिकाउन आफ्नो पुत्र गणेशलाई पठाए ।
गणेशले कुबेरलाई एक दिन सबै देवताहरुलाई भोजको आयोजना गर्न आग्रह गरे । उक्त भोजमा सबैभन्दा पहिला नै पुगेर सबै भोजन खाइदिए । भोकले निकै रुखिएर कुबेर कहाँ पुगेका गणेशलाई यति धेरै भोक लागेको थियो की उनले कुबेरको घरमा भएको सबै खानेकुराहरु खाइदिए । त्यसपछि केही खाने कुरा नपाएका गणेशले कुबेरलाई नै खान्छु भने ।
त्यसपछि भगवान गणेश देखि डराएका कुबरले आफुले गल्ती गरेको महसुस गरेर आफ्नो शक्तिको गलत प्रयोग नगर्न प्रण गरे । अन्ततः यहि बाचापछि धनका देवताको रुपमा स्थापित भए । त्यसकारण मानिसहरु धनको आह्वान गर्नुको लागि गणेश जी लाई पुकार्ने गर्छन् ।
यस्तो छ कुबेर यन्त्र :तामाको एक प्लेटबाट कुबेर यन्त्र बनेको हुन्छ । त्यो नै कुबेरको यन्त्र हो । यसमा ७२ कतार र ७२ वर्ग हुन्छ । जीवनमा सुखी सम्पन्न र ऐश्वर्या प्राप्त गर्नको लागि कुबेर ७२ अंकलाई शुभ मानिन्छ । यस्तो यन्त्रलाई आफ्नो घर, अफिस तथा पसलहरुमा राख्न सकिन्छ । त्यसैले धन कमाउनको लागि हरेक बिहान कुबेर यन्त्रको पुजा गर्नुपर्छ ।
यी कुरामा विशेष ख्याल राख्नुपर्छ : कुबेर यन्त्र हरेक पटक आफ्नो आँखाले देख्ने गरेर राख्नु पर्छ । यसलाई राख्दा एक सतहमा राख्नु पर्ने हुन्छ । यसको मुख उत्तर वा पूर्वी दिशामा फर्काएर राख्ने गर्नुपर्छ । हरेक बिहान पुजा गर्दा सुगन्धित धुप बाल्नु पर्ने हुन्छ । जसले गर्दा घरमा सकारात्मक उर्जा प्रदान गर्छ र नकारात्मक उर्जा हटेर जान्छ ।
बिहान पुजा गर्दा यो मन्त्रको उच्चारण गर्नुहोस् : कुबेर यन्त्रको माध्यममा ध्यान केन्द्रित गरेर भगवान कुबेरको मन्त्र जप गर्नुपर्छ ।
ॐ श्रीं ह्रीं क्लीं श्रीं क्लीं वित्तेश्वराय नमः॥
यो मन्त्र हरेक बिहान २१ या १०८ पटक जप गर्नुहोस् ।
पुजा सामाग्री : धनका देवताको रुपमा पूजिने कुबेरको पूजा गर्दा हल्दी, जल, उखु, कुबेर यन्त्र, पहेलो बस्त्र, कलश, आँपको पात, पुष्प अक्षता, चन्दन, कुमकुम, पीपलको पात, सुपारी, दीप, घ्यू, तेल, दही, धूप, आदि आवश्यकता पर्छ ।
यसरी गर्नुपर्नेछ पुजा : शुक्ल पक्षको कुनैपनि शुक्रबार रात्रीमा कुबेरको पुजा शुभारम्भ गर्नुपर्नेछ । भोलिपल्ट बिहान काममा जानु भन्दा अगाडी कुबेरको आशिक लिएर घरबाट निस्किएमा तपाईलाई जीवनमा धनि भएको महसुस हुनेछ ।
March 1, 2019 10:52 am | टिप्स/जानकारी
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग
इरानलाई कहिल्यै पनि आणविक हतियार राख्न दिइने छैन : अमेरिकी विदेशमन्त्री
बङ्गलादेशमा बीएनपीलाई दुईतिहाइ बहुमत, विद्यार्थी आन्दोलनबाट स्थापित एनसीपीले जम्मा ५ सिट जित्यो