श्रीमतीमाथि तरकारी पकाउन ढिला गरेको भन्दै गोली प्रहार !
घरायसी विवाद हुँदा बागलुङको बडिगाड गाउँपालिका–१० दर्लिङ्गमा श्रीमानले प्रहार गरेको गोली लागेर श्रीमती घाईते भएकी छन् । साविकको दर्लिङ्ग–७ पात्ले कटरियाका ३५ वर्षीय चन्द्रबहादुर घर्तीले प्रहार गरेको भरुवा बन्दुकको छर्रा लाग्दा उनकी २५ वर्षीय श्रीमती बालकुमार घर्ती घाईते भएकी हुन्।
कम्मरको भागमा छर्रा लागेर घाइते भएकी घर्तीलाई मोटर बाटोमा हिँउ जमेको कारण उद्धारमा समस्या भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक (डिएपी) चिरञ्जिवी कोईरालाले जानकारी दिए ।
विहिबार मादक पदार्थ सेवन गरी घरमा आएका चन्द्रबहादुरले तरकारी ढिलो पकाएको भन्दै झगडा निकाले पछि भनाभन हुँदा उत्तेजनामा आएर बन्दुक प्रहार गरेको घाईते बालकुमारीले प्रहरीसँग बयान दिएकी छन्। बन्दुक प्रहार गर्ने चन्द्रबहादुर फरार रहेका प्रहरी नायव निरीक्षक भोजबहादुर बानियाँले जानकारी दिए ।
March 2, 2019 11:03 am | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग