

डरलाग्दा सपना देख्नुका ६ कारण ! पुरा पढ्नुहोस र सेयर गर्नुहोस

१. अनिद्राको समस्या भएका मानिसले नराम्रा सपना देख्छन् । यस्तो अवस्थामा केही क्षणका लागि श्वासप्रश्वासमा पनि समस्या आउन सक्छ । नियमित नराम्रा सपना देख्नु मुटुको समस्यासँग पनि गाँसिएको हुन्छ।
२. केही समयअघि अनुसन्धानकर्ताले बाल्यकालमा नियमित नराम्रा सपना देख्ने व्यक्तिमा पछि गएर मानसिक समस्या देखिने बताएका थिए । एक अध्ययनपछि उनीहरूको प्रतिवेदन ‘स्लिप’ नामक जर्नलमा प्रकाशित गरिएको थियो।
३. अन्य मानिसभन्दा नराम्रा सपना देख्ने मानिसमा मुटुको चाल अनियमित हुने समस्या तीन गुणा बढी हुन्छ । यसले छाती दुख्ने समस्या सात गुणा बढी हुन्छ।
४. मिर्गौलामा संक्रमण, रुघाखोकीलगायत संक्रमण भएका मानिसले पनि नराम्रा सपना देख्ने गर्छन् ।
५. बारम्बारका नराम्रा सपनाका कारण बालबालिकाले भावनात्मक चोटको सामना गर्नुपर्ने हुन सक्ने अनुसन्धानकर्ताको भनाइ छ । उनीहरूका अनुसार नराम्रा सपनाले मानिसभित्र रहेका शारीरिक समस्याको संकेत गर्छ।
६. मुटुको समस्या आउँदा फोक्सोमा पानी जम्ने सम्भावना हुन्छ, जसले गर्दा श्वासप्रश्वासमा समस्या आउँछ । गहिरो निद्रामा परेका वेला अरू सबै मांसपेशीले काम नगरे पनि फोक्सोमा पानी जम्दा श्वासप्रश्वासमा भाग लिने मांसपेशीलाई भने असर पार्न सक्छ । त्यसकारण मानिस गहिरो निद्राबाट ब्युँझन सक्छ । र, मानिसले खराब सपना सम्झन्छ।
March 6, 2019 11:08 am | टिप्स/जानकारी
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

एकदिवसीय शृङ्खलाको पहिलो खेलमा दक्षिण अफ्रिकाले अस्ट्रेलियालाई हरायो

नेपाल कुवेत संस्कृतिक मन्चले आयोजना गरेको हरितालिका तिज बिशेष सांगितिक धमका २०२५

इजरायली राष्ट्रपतिसँग विपिनकी आमा र बहिनीको भेट

किरात राई यायोक्खा कुवेतको चौथो अधिवेशन १२ सेप्टेम्बरमा केन्द्रिय अध्यक्ष जीवन हाताचो राई कुबेत आउँदै

संखुवासभा समाज कुवेतको प्रथम वार्षिक उत्सव सम्पन्न

टप एन्ड टी–२० शृङ्खलामा नेपालले आज नर्दन टेरिटोरीसँग खेल्ने

नेपालमा एक वर्षमा प्रेस स्वतन्त्रता हननका ९४ वटा घटना, एक जना पत्रकारको हत्या

झापाली समाज कुवेतले झापा, कनकाई नगरपालिका वडा नं.-३,पिङ्ग डाँडाकी टिका तिम्सीना लाई रु ५१,९९६ रुपैया आर्थिक सहयोग गरेको छ ।

