डरलाग्दा सपना देख्नुका ६ कारण ! पुरा पढ्नुहोस र सेयर गर्नुहोस
१. अनिद्राको समस्या भएका मानिसले नराम्रा सपना देख्छन् । यस्तो अवस्थामा केही क्षणका लागि श्वासप्रश्वासमा पनि समस्या आउन सक्छ । नियमित नराम्रा सपना देख्नु मुटुको समस्यासँग पनि गाँसिएको हुन्छ।
२. केही समयअघि अनुसन्धानकर्ताले बाल्यकालमा नियमित नराम्रा सपना देख्ने व्यक्तिमा पछि गएर मानसिक समस्या देखिने बताएका थिए । एक अध्ययनपछि उनीहरूको प्रतिवेदन ‘स्लिप’ नामक जर्नलमा प्रकाशित गरिएको थियो।
३. अन्य मानिसभन्दा नराम्रा सपना देख्ने मानिसमा मुटुको चाल अनियमित हुने समस्या तीन गुणा बढी हुन्छ । यसले छाती दुख्ने समस्या सात गुणा बढी हुन्छ।
४. मिर्गौलामा संक्रमण, रुघाखोकीलगायत संक्रमण भएका मानिसले पनि नराम्रा सपना देख्ने गर्छन् ।
५. बारम्बारका नराम्रा सपनाका कारण बालबालिकाले भावनात्मक चोटको सामना गर्नुपर्ने हुन सक्ने अनुसन्धानकर्ताको भनाइ छ । उनीहरूका अनुसार नराम्रा सपनाले मानिसभित्र रहेका शारीरिक समस्याको संकेत गर्छ।
६. मुटुको समस्या आउँदा फोक्सोमा पानी जम्ने सम्भावना हुन्छ, जसले गर्दा श्वासप्रश्वासमा समस्या आउँछ । गहिरो निद्रामा परेका वेला अरू सबै मांसपेशीले काम नगरे पनि फोक्सोमा पानी जम्दा श्वासप्रश्वासमा भाग लिने मांसपेशीलाई भने असर पार्न सक्छ । त्यसकारण मानिस गहिरो निद्राबाट ब्युँझन सक्छ । र, मानिसले खराब सपना सम्झन्छ।
March 6, 2019 11:08 am | टिप्स/जानकारी
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग
इरानलाई कहिल्यै पनि आणविक हतियार राख्न दिइने छैन : अमेरिकी विदेशमन्त्री
बङ्गलादेशमा बीएनपीलाई दुईतिहाइ बहुमत, विद्यार्थी आन्दोलनबाट स्थापित एनसीपीले जम्मा ५ सिट जित्यो