अध्यन भन्छ : छिटो रिसाउँने मानिस छिट्टै मर्छ, खुःशी हुन के गर्ने ?
काठमाडौं । रिस आफैंमा एक खराब कुरा हो । तर, कतिपय मानिसहरु सानो सानो कुरामा पनि अचानक रिसाउँने स्वभावका हुन्छन् । नेपालीमा एउटा भनाई छ, ‘रिस खा आफु बुद्दी खा अरु’ भन्ने चलन अहिले पनि चलनमा नै छ । रिस उठ्ने बानि स्वास्थ्यको लागि नराम्रो पक्ष हो । हाम्रो दैनिक जिवनका स-साना बानीहरु पनि मृत्युको कारण बन्न सक्छन् । अमेरिकी वैज्ञानिकहरुको अनुसन्धानले धेरै रिस उठ्ने मानिसहरुको मृत्यु छिटो हुने पुष्टि गरेको छ ।
आइवा स्टेट विश्वविद्यालय मा गरिएको एक अनुसन्धान अनुसार नरिसाउने मानिसको तुलनामा धेरै रिस उठ्ने मानिसको अकालमा मृत्युको खतरा डेढ गुणा बढी हुने गरेको छ । रिसका कारणले गर्दा मानिसको शरीरमा विभिन्न खाले खतरनाक परिवर्तन आउँछन , जसमा तनावदेखि लिएर मनोरोग लगायतका हुन्छन् ।
रिसाहा मानिसको शरिरमा एड्रेनलाइन हर्मोन तिव्र गतिमा बग्छ । तनाव तथा रिसका समयमा यो हर्मोन पटक पटक रगतमा बग्नाले डिएनएमा असर पर्छ । यसले प्राणघातक रोग तथा मृत्यु समेत हुन सक्छ । धेरै रिस गर्ने मानिसमा निद्रा कम लाग्ने तथा दिमागी असर पनि पुग्न सक्छ ।
धेरै रिसाहा मानिसमा टाउको दुख्ने समस्या हुन्छ । किनकी रिसले शरिरमा स्ट्रेस हर्मोनका साथसाथै एड्रेनलाइन र टेस्टोस्टेरोन हर्मोनको उत्सर्जन पनि बढ्ने अनुसन्धानले देखाएको छ । बढि रिसाहा मानिसमा फोक्सोमा समेत्त समस्या हुने अनुसन्धानले पत्ता लगाएको छ । एजेन्सी
March 7, 2019 12:30 pm | टिप्स/जानकारी
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग
इरानलाई कहिल्यै पनि आणविक हतियार राख्न दिइने छैन : अमेरिकी विदेशमन्त्री
बङ्गलादेशमा बीएनपीलाई दुईतिहाइ बहुमत, विद्यार्थी आन्दोलनबाट स्थापित एनसीपीले जम्मा ५ सिट जित्यो