

जुन घरमा भगवान हनुमानजीको मंत्र जप हुन्छ, त्यस घरमा कुनै प्रकारको समस्या आउँदैन !

जुन घरमा भगवान हनुमानजीको मंत्र जप हुन्छ, त्यस घरमा कुनै प्रकारको समस्या आउँदैन । हनुमानजीका प्रसिद्ध मंत्र छन् जुन घरमा ति मंत्रको साधना गर्दा सबै प्रकारको दुःख नास हुन्छन् । हनुमानजी यस्तो देवता हुन् कि उहाँ छिट्टै प्रसन्न हुुनुहुन्छ । जो भक्तले सेवा भावले हनुमानजीको सेवा गर्दछन्, उनलाई हनुमानजीको दयारूपी शितलता निश्चित सम्भव हुन्छ ।
हनुमानजीलाई प्रसन्न गर्न ज्यादै सरल उपाय छन् । जीवनमा केही समस्या परेमा हनुमानको नाम लिनेवित्तीकै विध्न वाधा हटेर जान्छ । उहाँलाई प्रसन्न पारेर सबै सिद्धि, शक्ति प्राप्त गर्न सकिन्छ । सौ उहाँकै कृपाबाट अष्ट सिद्धि, नव निधि प्राप्त गर्न सकिन्छ ।
हनुमानको साधाना गर्नुभन्दा पहिले केही नियमप्रति ध्यान दिनु जरूरी छ ।
१. पूजा गर्दा ब्रह्मचर्य पालन गर्नु जरूरी छ ।
२. निश्छल सेवा भावना राख्नुपर्छ, क्रोध र अहंकारबाट टाढा रहनुपर्छ ।
३. हनुमानलाई ध्यु हालेर बनाइएको प्रसाद चढाउनुपर्छ ।
४. तामसिक भोजन त्याग्नुपर्छ, पुजा अनुष्ठानको बेला सकेसम्म नुनको प्रयोग पनि गर्नुहुन्न । मंगलवारको दिन ब्रत बस्नुपर्छ, त्यस दिन नुन खानुहुन्न । भगवान हनुमानजीलाई खुसी पार्न यि चिजहरू आफुँग राख्नुपर्छ ।
हनुमानको साधना गर्दा १. हनुमानजीलाई रामभक्त अत्यधिक प्रिय लाग्छ । तुलसीदास जीले रामलाई पुकार्दा उहाँलाई हनुमानजीको कृपा सहजै प्राप्त भयो । यसका लागि नियमित रूपमा रामायणको पाठ गर्नु जरू री छ । पूजाका लागि सकेसम्म एउटै समय राख्नु उपयुक्त हुन्छ ।
२. तुलसीदास लेख्नुहुन्छ, राम नाम जपेको हनुमानजीलाई असाध्यै मन पर्छ । हनुमानजीलाई खुसी पार्न रामकै नाम काफी छ ।
३.हनुमान चालीसाको प्रभाव अत्यधिक चमत्कारी हुन्छ, यसको नियमति ११ पटक गरे हनुमान प्रसन्न हुुनुहुन्छ । ४. हनुमान साधनाको केही तांत्रिक प्रयोग र मंत्र पनि छन् ।
त्यसको साधनाले हनुमानजीलाई खुसी पार्न सकिन्छ । ति मन्त्रहरू निम्न छन् । शुक्ल पक्षको पहिलो मंगलवारदेखि रातो आसनमाथि हनुमानजीको प्रतिष्ठित मूर्तिको सामुन्ने दियो बालेर रातो चन्दनको माला वा मुंगको ११ मालालाई ४० दिन सम्म जपेपछि सिद्धि प्राप्त हुन्छ ।
मन्त्रहरू – ऊँ हुँ हुँ हनुमतये फट्। (ऊँ पवन नन्दनाय स्वाहा । – ऊँ हं हनुमते रुद्रात्मकाय हुं फट। – अष्टदशाक्षर मंत्र अत्यधिक चमत्कारी एवं हनुमानजीको कृपा दिनेवाल छ । मंत्र महोदधीमा वर्णन भए अनुसार जुन घरमा यस मन्त्रको जप हुन्छ, त्यहाँ कुनै प्रकारको धन हानी नोक्सानी हुन्न, सम्पन्नता र खुशि फैलिन्छ भनिएको छ । ‘नमो भगवते आन्जनेयाये महाबलाये स्वाहा’ यस मंत्रको देवता हनुमान हो , ऋषि ईश्वर हो, हुं बीज हो , स्वाहा शक्ति हो । तथा अनुष्टुप छंद हो । यस मंत्रको दसहजार पटक जप गरेर दशांस हवन गर्नुपर्छ ।
– हनुमानजीको केही प्रसिद्ध मंत्र जसको साधना गरेर सबै प्रकारको दुःख संकट सधैंका लागि नष्ट हुन्छ । ४१ दिनसम्म नियमित रूपमा ३ वा ७ माला घ्युको दियो बालेर बत्तीको सामु जप गर्नुपर्छ । संयम पूर्वक यस मंत्रको जाप गरौं ।
– ओम नमों हनुमते रुद्रावताराय विश्वरूपाय अमित विक्रमाय प्रकटपराक्रमाय महाबलाय सूर्य कोटिसमप्रभाय रामदूताय स्वाहा। – ओम नमो हनुमते रुद्रावताराय सर्वशत्रुसहांरणाय सर्वरोगाय सर्ववशीकरणाय रामदूताय स्वाहा। ओम नमो हनुमते रुद्रावतराय वज्रदेहाय वज्रनखाय वज्रसुखाय वज्ररोम्णे वज्रनेत्राय वज्रदंताय वज्रकराय वज्रभक्ताय रामदूताय स्वाहा।
March 9, 2019 11:49 am | टिप्स/जानकारी
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

एकदिवसीय शृङ्खलाको पहिलो खेलमा दक्षिण अफ्रिकाले अस्ट्रेलियालाई हरायो

नेपाल कुवेत संस्कृतिक मन्चले आयोजना गरेको हरितालिका तिज बिशेष सांगितिक धमका २०२५

इजरायली राष्ट्रपतिसँग विपिनकी आमा र बहिनीको भेट

किरात राई यायोक्खा कुवेतको चौथो अधिवेशन १२ सेप्टेम्बरमा केन्द्रिय अध्यक्ष जीवन हाताचो राई कुबेत आउँदै

संखुवासभा समाज कुवेतको प्रथम वार्षिक उत्सव सम्पन्न

टप एन्ड टी–२० शृङ्खलामा नेपालले आज नर्दन टेरिटोरीसँग खेल्ने

नेपालमा एक वर्षमा प्रेस स्वतन्त्रता हननका ९४ वटा घटना, एक जना पत्रकारको हत्या

झापाली समाज कुवेतले झापा, कनकाई नगरपालिका वडा नं.-३,पिङ्ग डाँडाकी टिका तिम्सीना लाई रु ५१,९९६ रुपैया आर्थिक सहयोग गरेको छ ।

