Tuesday 26th November 2024

ओमनवासी नेपाली महीलाहरुले मनाए १०९ औँ अन्तर्राष्ट्रिय महिला दिवस

6 years अगाडी

  रितु शर्मा – 

ओमान- ओमनवासी नेपाली महीलाहरुले १०९ औँ  अन्तर्राष्ट्रिय महिला दिवस मनाएका छन् । गत सुक्रवार ओमान स्थित अजँवा  होटल अपार्मेन्ट हलमा नेपाली महिला समुह  ओमानको आयोजनामा एक कार्यक्रम गरी ओमनवासी नेपालीहरुले १०९ औँ  अन्तर्राष्ट्रिय महिला दिवस मनाएका हुन् । 

बैदेशिक रोजगारीको क्रममा नेपाल बाट ओमनमा आई बिभिन्न पेशा गरी बसेका महिला हरुको उपस्थितमा अन्तराष्ट्रिय महिला दिवस मनाएको हो । देश देखि धेरै टाढा रहनु पर्ने बिवसता र मन मा घर परिवारको पिडा त्यस माथि झन्झावट  युक्त लामो समय सम्म काममा खटिनु पर्ने बिवसता अझ  महिला भएकै कारण सहनु पर्ने अपमान, तिरस्कार र कानुनी झन्झट बाबजुत पनि मन मा एक ऊमंग जोस जाँगर र समय सँग पौठे जोरि खेल्दै अघि बढ्ने हौसलाका साथ अधिकार, कर्तव्य र एकता मा अघि बढाउने अठोटका साथ ठुलो संख्यामा ओमनवासी नेपाली महिलाहरुले अन्तराष्ट्रिय महिला दिवस मनाए । 

सन १९०८ को न्युयोर्क शहरका महिलाले कामको समय ,सुविधा र समान कामको लागि समान बेतनको लागि ब्यापक आन्दोलन गरेका थिए । त्यसको आंसिक सफलता पछि कोपेनहेगन मा१९१० को 8 मार्चको  सम्पन्न अन्तर्राष्ट्रिय महिला कन्फ्रेन्समा आन्दोलनकी नेतृत्व क्लारा जेट्किनले यस दिन लाइ महिला दिवस मनाउन प्रस्ताव राखेपछि विस्वभर महिला दिवस मनाउने गरिन्छ ।

ओमानमा नेपाली दुताबासका प्रतिनिधि कृष्णा गौरिको प्रमुख आतिथ्य र ऊदघाटनमा  सम्पन्न उक्त कार्यक्रमको सभापतित्व  समुहकी अध्यक्ष ऊमा ढुंगानाले गर्नु भयको थियो ।

गोमा थापाको संचालनमा अघि बढेको ऊक्त कार्यक्रम मा शुभकामना मन्तव्य मादि गुरुङ लगायतले राख्नु भयको थियो ।

कार्यक्रममा बिशेष अतिथि डि- बि -क्षेत्री र ख्याति प्राप्त नेपाली खेलाडी  मोना श्रेष्ठ हुनुहुन्थ्यो ।भने बिभिन्न संघ संस्था बाट प्रतिनिधि स्वरूप आऊनु भयका अनुप पाण्डे, दिल कुमारी सिञ्जाली, संतोष सापकोटा, सिता तामाङ, अनिता तामाङ, सुशिल पुन, सेवान्त पुन मगर, रमला श्रेष्ठ, नगेन्द्र पौडेल, लक्ष्मी रायमाझी, सम्झना के सि, ओमकार तामाङ, ईन्दिरा गुरुङ, हेमा श्रेष्ठ, साबित्रा पाण्डे ले आतिथ्यता गर्नु भएको थियो ।

 महिला नेतृ क्लारा जेट्किन लगायतका नेपाली महिला आन्दोलनका नेतृ हरू लाई सम्झिनुको साथै वँहाहरू को ब्याक्तित्व बाट प्रेरणा लिँदै नेपाली  महिला अधिकार र समान सहभागिताको लागि  सामाजिक आन्दोलन लाई अझ तिब्र बनाएर अघि बढ्न मार्ग प्रशस्त हुने बिस्वास बक्ता र ऊपस्थित हरूले लिएको  बुझिएको छ ।

महिला समुहले राखेको यस आयोजनामा  नाच गानको मनोरंजनात्मक  कार्यक्रम पनि  रहेको थियो ।

  एनआरएनए , सामाजिक क्लवको समेत सहयोग रहेको ऊक्त कार्यक्रममा ओमानमा  महिलाहरूले भोग्नु परेका समस्या र घरेलु कामदार लाई  श्रम स्विकृती मा लगाइएको प्रतिबन्धले सिर्जना गरेको समस्या र समाधानका लागि नेपाली राजदूतावास मार्फत नेपाल सरकारलाई एक ज्ञापनपत्र समेत बुझाइएको  थियो ।

बिभिन्न महिला आन्दोलनको क्रममा सहादत प्राप्त गर्ने शहिद प्रती एक मिनेट मौनधारण गरी मौन श्रद्धा समेत गरिएको थियो ।

          March 9, 2019 7:46 pm | प्रवास,समाज


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...