भरत मोहन अधिकारीको सम्झना र सम्मानमा प्रवासी नेपाली एकता मंच ओमान द्वारा श्रद्धाञ्जली र शोक सभा कार्यक्रम सम्पन्न
रितु शर्मा / ओमन -नेपाली राजनीतिका पुराना ,अनुभवी ,बिज्ञ, नेपाल कम्युनिष्ट पार्टी (नेकपा ) का नेता तथा नेपाल सरकारका भुपु उपप्रधानमन्त्री ,अर्थ ,निर्माण तथा यातायात मन्त्री स्वार्गिय भरतमोहन अधिकारीकाे सम्मान र सम्झनामा” प्रवासी नेपाली एकता मन्च अाेमन ” ले गत सुक्रवारका दिन श्रद्धाञ्जली तथा “शाेकसभा” सम्पन्न गरेको छ।
प्रवासी नेपाली एकता मन्चका कार्य दल सदस्य साेम कृष्ण श्रेष्ठले उक्त कार्यक्रमको अध्यक्षता गर्नु भयको थियो ।भने कार्यक्रम संचालन लिलानाथ काेइरालाकाे रहेको थियो ।
अतिथिहरुमा अाेमन नेपाली एकता समाजका अध्यक्ष छबिलाल बस्नेत ,दलित एकता सन्जालका काेषा अध्यक्ष मान बहादुर बिक,बागलुङ सेवा समाजका काेषा अध्यक्ष सन्तोष सापकोटा ,तामाङ समाजका अध्यक्ष तेज बा तामाङ ,नेपाली महिला समूह अाेमनकी अध्यक्ष उमा ढुंगाना,नेपाली समाज अाेमनकी काेषा अध्यक्ष पार्बती श्रेष्ठ ,तमु समाज कि सल्लाहकार सपना गुरुङ ,नेपाल मगर समाजकी सदस्य याम कुमारी थापा मगर लगायत कार्य दलका सदस्यहरु उमेश बिक,महेश न्यौपाने,सङगठनका अधिकांश सकृय सदस्यहरु र अन्य संघ संस्थाबाट पनि बाक्लो नेपालीहरुकाे उपस्थिति रहेको थियो ।
एक मिनेट श्रदेय नेता अधिकारीकाे सम्मानमा मौनधारण गरि सुरु भएको कार्यक्रममा स्वार्गिय नेताकाे तस्बिरमा माल्यार्पण गर्नुका साथै पुष्प गुच्छा अर्पण गरिएको थियो ।
अाफनाे संक्षिप्त बिचार राख्दै अाेमान नेपाली एकता समाजका अध्यक्ष छबिलाल बस्नेतले नेता अधिकारी 2051 सालमा अर्थ मन्त्री बनेपछि नेपालमा बृदभत्ता ,असहाय भत्ता ,नौ सकाे कार्यक्रम ,अाफनाे गाउँ अाफै बनाउ कार्यक्रम ल्याएर सरकार र जनता को सम्बन्ध लाई सुमधुर र आत्म थियो बनाउने सफल अर्थ मन्त्री रहनु भएको स्मरण गराउनु भयको थियो ।
तामाङ समाजका अध्यक्ष तेज बा तामाङले नेता अधिकारी नेपाली राजनीतिका एक अगुवा र सबैले भुल्न नसक्ने अनुभवी र दुरदर्शि नेता हामीले गुमाएको बताउनु भयो ।
कार्य दलका सदस्य उमेश बिकले नेपाली राजनीतिलाई सहि बाटोमा हिडाउन सक्ने नेता अधिकारी देशको मृत्यु ले राष्ट्र ले एक अभिभावक गुमाएको बताउदै वाहाकाे भौतिक शरिरले छाेडेर गए पनि वहाँका बिचार हरुलाई समाएर अहिलेकाे सरकार र हामी नेपालि जनता अगाडि बढन जरुरी रहेको बताउनुभयो ।
साथै सबै उपस्थित सहभागीहरु ले नेता अधिकारी एक कुशल क्षमतावान नेपालीहरुकाे मनमुटुमा बस्न सफल बृद्ध असहाय का साथि र सबैका प्यारो नेता हुनु भयको बक्ता हरूले बताऊनु भयको थियो।
स्वर्गीय नेता मोहन अधिकारीलाई हाम्रो पनि सम्मान सहित हार्दिक श्रद्धाञ्जली ।
March 9, 2019 8:01 pm | प्रवास,समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।
आज जनआन्दोलन दिवस मनाइँदै