प्रहरीको प्रयासमा रोकियो बाल विवाह
दोलखा – गौरीशङ्कर गाउँपालिकामा हुन लागेको बाल विवाह रोकिएको छ । इलाका प्रहरी कार्यालय सिङ्गटिका इन्चार्ज प्रहरी निरीक्षक सुनजित तामाङको पहलमा आइतबार हुन लागेको बाल विवाह रोकिएको हो । बाल विवाह हुन लागेको भनी जिल्ला प्रहरी कार्यालय दोलखामा उजुरी परेपछि उजुरी उपर इलाका प्रहरी कार्यालय सिङ्गटिले छानबिन सुरु गरेको थियो ।
शनिबार दुवै पक्षका अभिभावक, प्रहरी र जनप्रतिनिधिबीच भएको छलफलमा उमेर पुगेपछि मात्रै विवाह गर्ने सहमति भएको छ । छलफलमा इलाका प्रहरी कार्यालयका इन्चार्ज प्रहरी निरीक्षक सुनजित तामाङले मुलुकी अपराध संहिता ऐनबारे जानकारी गराउनु भएको थियो ।
छलफलमा सहभागी अभिभावकहरुले कानुनी अज्ञानताको कारण विवाह तय भएको बताएका थिए । हुनै लागेको बाल विवाह रोक्न सहयोग र कानुनबारेसमेत जानकारी प्रदान गरेको भन्दै अभिभावकले प्रहरीलाई धन्यवाद दिएका थिए । छलफल पश्चात अभिभावकले प्रहरीलाई धन्यवाद दिँदै उमेर पुगे पछि हुने विवाहमा प्रहरीलाई समेत निमन्त्रणा गर्ने बताएका थिए ।
१९ वर्षीया युवती र १८ वर्षीय युवकको विवाह तय भएको थियो । यस अघि १८ वर्ष पूरा भएमा विवाह गर्न सकिने व्यवस्था रहेपनी भदौ १ गतेबाट लागू भएको मुलुकी अपराध संहिता ऐन २०७४ को परिच्छेद ११ को दफा १७३ मा विवाह गर्ने व्यक्तिको उमेर २० वर्ष नपुगी कसैले विवाह गर्न वा गराउने नहुने उल्लेख छ । २० वर्ष नपुगी विवाह गरे वा गरिदिएमा ३ वर्ष सम्म कैद र ३० हजार रुपैयाँ सम्म जरिवाना हुने व्यवस्था छ ।
March 10, 2019 12:34 pm | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी