जान्नुहोस : घरको ढोकामा यी चिज राख्दा आउँछ खुशियाली अनि धन !
घरको ढोकामा यी चिज राख्दा आउँछ खुशियाली अनि धन पनि मेन गेटको ठीक अगाडि एउटा ठूलो ऐना ठड्याउनुस् ताकि घरमा छिर्ने मान्छेको पूरा प्रतिबिम्ब त्यसमा आओस् । यसो गर्दा नकारात्मक ऊर्जा भएको मान्छे घरमा छिरेछ भने पनि त्यसका ऊर्जा फर्केर जान्छन् । द्वारमा आशीर्वाद मुद्रा भएको हनुमानजीको मूर्ति वा तस्वीर लगाउँदा दक्षिणतिर फर्केको मूलद्वारको वास्तुदोष काटिन्छ । मूलद्वारमा पञ्चधातुको पिरामिड लगाउँदा पनि वास्तुदोष समाप्त हुन्छ ।
मुख्य द्वारमा वास्तुदोष देखिएमा घन्टी वा विन्डचाइम झुण्ड्याउनुस् जसका कारण घरमा नकारात्मक ऊर्जा छिर्न पाउँदैन ।घरमा तुलसीको बिरुवा रोप्नुस् र सन्ध्याकालमा दिनदिनै तुलसीका अगाडि दीप बाल्नुस् । सबैखाले वास्तु दोष सकिन्छन् । घरवरिपरि हरियो दूबो उम्रेको छ भने दिनदिनै गणेशजीको प्रतिमामा चढाउनुस् । वास्तु दोष भाग्छ ।
सुख शान्तिका लागि घरको उत्तरी भागमा धातुबाट बनेको कछुवाको प्रतिमा राख्नुस् । घरमा नकारात्मक ऊर्जा आउन पाउँदैन ।मुख्य द्वारमा क्रिस्टल बल झुण्ड्याउनुस् र रातो रंगको फित्ता बाँध्नुस् । घरको मूलद्वार खोल्नेबित्तिकै भ-याङ छ भने भ-याङमा पर्दा लगाउनुस् । मुख्य प्रवेशद्वारबाहिर आफ्नो सामर्थ्य अनुसार रंगोली बनाउनु शुभ हुन्छ । यसले माता लक्ष्मीलाई आकृष्ट गर्छ र नकारात्मक ऊर्जालाई नजिकै ढिम्किन दिँदैन ।
March 12, 2019 11:45 am | टिप्स/जानकारी
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग
इरानलाई कहिल्यै पनि आणविक हतियार राख्न दिइने छैन : अमेरिकी विदेशमन्त्री
बङ्गलादेशमा बीएनपीलाई दुईतिहाइ बहुमत, विद्यार्थी आन्दोलनबाट स्थापित एनसीपीले जम्मा ५ सिट जित्यो