१० बर्ष देखि दाम्लोमा बन्धक बालक आर्थिक अभावले भएन उपचार सहयोगका लागि
झापा। विगत १० बर्ष देखि घर भित्रको खाटमा हातमा डोरीले बाँधिएको अवस्थामा जिवन विताइरहेका आइत बहादुरको अवस्था देख्दा जेकोहीको मन रुन्छ । शारीरिक रुपमा हिँडडुल समेत गर्न नसक्ने ११ बर्षिय आइतराज लिम्बु, उनका ८ महिनाका कान्छा भाई जसको जन्मदै माथिल्लो पट्टिको ओठ छैन ।
आर्थिक अवस्था कमजोर रहेको सो लिम्बु परिवार ५ बर्ष अगाडी ताप्लेजुङबाट बसाईसरी सडकको जमिनमा बस्दै आएको स्थानीये बताएका छन् । ‘ यो परिवारको अवस्था एकदमै नाजुक छ, यो परिवारका मुली मिलन लिम्बुले ५ सन्तान र श्रीमतिलाई ज्याला मजदुरी गरेर परिवारको पेट पालिरहेका छन् ।’ स्थानीय भन्छन् ‘ शारीरिक रुपमा असक्त माइला छोरा र ८ महिने कान्छा छोराको अवस्था देखेर पीडा हुन्छ ।’
पाँच सन्तानकी आमा सुनिताले आर्थिक अवस्था कमजोर भएको र श्रीमान्ले जसो तसो परिवारको पेट पालिरहेको बताएकी छिन् । उनले छोराहरुको अवस्थाले आफूलाई ठूलो पीडा भएको बताएकी छिन् । उनले छोराहरुको उपचार आप्mनो जिवनकै ठूलो इच्छा रहेपनि आर्थिक अवस्थाका कारण भक्कानिएर बस्नु बाहेकको विकल्प नरहेको बताइन् । सुनिताले डाक्टरले उपचार सम्भव रहेको बताएको समेत जानकारी दिइन् ।
आइतराज र उनका कान्छो भाईको स्वास्थ्य उपचार गर्न आफूहरुसँग कुनै उपाय नभएको बताउँदै उनीहरुका आमा सुनिताले उपचारको प्रवन्ध मिल्न सक्दा ठूलो गुन हुने बताइन् । साथै उनले सहयोगका लागि सबै सहयोगी मनहरुसँग अनुरोध समेत गरेकी छन ।
March 12, 2019 12:59 pm | भिडियो
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।