

हेर्नुहोस् २०७६ मा कुन कुन राशीलाई छ साँढेसाती दशा !

ग्रह र राशीेले व्यक्तिको जीवनमा निकै असर पुर्याएको हुन्छ । त्यस्तै राशीअनुसार पर्ने ग्रहले पनि व्यक्तिको जीवनमा उत्तिकै प्रभाव पारेको हुन्छ । पृथ्वीमा भएको ९ ग्रह मध्ये शनिलाई न्याय दिने ग्रहको रुपमा लिइन्छ ।
शनि २०७६फगुन ३ गतेबाट धनु राशीमा र फागुन ४ गतेबाट मकर राशीमा प्रबेश गर्ने हुनाले केही राशीहरुलाई साँढेसाती शनिको प्रभाव परेको छ ।
१.मकर राशिः मकर राशी भएका व्यक्तिहरुलाई वर्षभरि आधार मध्ये तीर साँढेसाती दशा रहेको छ ।
२.धनु राशि : यो राशी भएका व्यक्तिलाई वर्षको मध्य र अन्त्य साँढेसाती दशा रहेको छ ।
३.बृश्चिक राशि : यो राशीका व्यक्तिको लागि फागुन ३ गतेसम्म र अन्त्यमा साँढेसाती दशा रहेको छ ।
४.कुम्भ राशि : फागुन ४ गतेबाट आद्य साँढेसाती दशा सकिनेछ ।
५.वृष र कन्या राशि : यी दुई राशी भएका व्यक्तिमा फागुन ३ गतेबाट अढैया शनि दशा रहनेछ ।
६.मिथुन र तुला राशि : फागुन ४ गतेबाट अढैया शनि दशा रहनेछ ।
हेर्नुहोस् यस्तो हुन्छ शनिको फल : शनिको दशा रहेको छ भने झुटा आरोपहरु लाग्ने कार्यमा ढिलासुस्ती मानसम्मान तथा इज्जतमा अघात पुग्ने मानसिक चिन्ता बढ्ने र स्वास्थ्य सम्बन्धि समस्याहरु देखापर्ने छ । शरिरमा आलश्यता बढेर जाने, चोटपटकको भए हुने, आर्थिक स्थिती कमजोर बन्दै जाने जस्ता समस्याहरु साँढेसाती अढैया शनिले व्यक्तिमा पर्ने प्रभाव हुन् ।
यद्यपी तपाईको जन्मकुण्डलीमा शनि ग्रह स्वगृही , मित्रगृही, उच्च राशी र ३, ६, ११ भवमा शनि भएमा शनिको नकारात्मक फल लाग्ने छैन् । यदि जन्मकुण्डलीमा शनिको ग्रह स्वगृह, उच्च तथा ३, ६, ११ भावमा रहेको छ भने शुभ फल प्राप्त हुनेछ । अक्सर शनिको साँढेसाती दशाको प्रभावबाट बच्नको लागि देवि पुजा, शनिमुद्रिका धारण, शनिस्तोत्र पाठ, पीपलमा जल चढाउने गर्नाले शनिको दशा हटेर जानेछ ।
March 13, 2019 4:21 pm | टिप्स/जानकारी
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

एकदिवसीय शृङ्खलाको पहिलो खेलमा दक्षिण अफ्रिकाले अस्ट्रेलियालाई हरायो

नेपाल कुवेत संस्कृतिक मन्चले आयोजना गरेको हरितालिका तिज बिशेष सांगितिक धमका २०२५

इजरायली राष्ट्रपतिसँग विपिनकी आमा र बहिनीको भेट

किरात राई यायोक्खा कुवेतको चौथो अधिवेशन १२ सेप्टेम्बरमा केन्द्रिय अध्यक्ष जीवन हाताचो राई कुबेत आउँदै

संखुवासभा समाज कुवेतको प्रथम वार्षिक उत्सव सम्पन्न

टप एन्ड टी–२० शृङ्खलामा नेपालले आज नर्दन टेरिटोरीसँग खेल्ने

नेपालमा एक वर्षमा प्रेस स्वतन्त्रता हननका ९४ वटा घटना, एक जना पत्रकारको हत्या

झापाली समाज कुवेतले झापा, कनकाई नगरपालिका वडा नं.-३,पिङ्ग डाँडाकी टिका तिम्सीना लाई रु ५१,९९६ रुपैया आर्थिक सहयोग गरेको छ ।

