टिक-टकबाट भाईरल भएका जुम्ल्याहा दिदी बहिनीको जुम्ल्याहा दाजुभाई नै व्वायफ्रेण्ड (भिडियो)
काठमाडौं – सानैदेखि गायन क्षेत्रमा पनि रुचि भएका शिशिर भण्डारीले अघिल्लो समय चलचित्र रोल्पा रोग चलचित्रमा गीत गाएका थिए । उनले उक्त गीतमा शव्द पनि आफै कोर्दै, सँगीत पनि गरेका थिए । उनी आफैले अभिनय गरेको उक्त चलचित्र सफल नहुँदा गीत पनि छायाँमा पर्यो । अब शिशिर आफ्नो नयाँ नचाउने गीत लिएर आउँदैछन् ।
शिशिरकै आवाज रहेको उक्त गीतको शिर्षक छ, हाम्रो माया जिन्दावाद । शिशिरकै शव्द रहेको गीतमा राजनीति र माया मिश्रण गरी शव्द कोरिएको छ । उनकै अभिनय रहेको गीत शिशिरकै जन्मदिनको अवसर पारेर चैत्र १ गते दिउँसो २ बजे युटुब च्यानल नयाँ नयाँ न्युज नेपालबाट रिलिज हुनेछ ।
गीतमा तीन जोडी जुम्ल्याहारुको अभिनय रहेको छ । प्रिज्मा र प्रिन्सीले पनि जुम्ल्याहा दाजु भाई नै व्वायफ्रेण्ड पाएका छन् । त्यस्तै अर्का जुम्ल्याहा दिदी बहिनी दिपा दमन्ता श्रेष्ठको पनि गीतमा अभिनय छ ।
शिशिरसँगै टिक टकबाट भाईरल भएका दुई जुम्ल्याहा दिदी बहिनीहरु प्रिज्मा खतिवडा र प्रिन्सी खतिवडाको अभिनय रहेको छ । ४ लाख भन्दा माथिको खर्चमा बनेको भिडियोबाट शिशिरले धेरै आशा बोकेका छन् ।
दिपक सिलवालको सँगीत रहेको गीतलाई युटुबमा आएपछि सबैले हेरेर लाईक, कमेन्ट र शेयर गरिदिनुहुनेछ भन्ने आशा बोकेको छु, शिशिरले बताए । गीतमा नवराज उप्रेतीको छायाँकन, नबिन निरौलाको सम्पादन र सुरेन्द्र बसेलको नृत्य र निर्देशन रहेको छ ।
March 14, 2019 12:47 pm | भिडियो
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा
कुवेतमा यात्री समाजको देउसी -भैलो, दक्षिणा समाजसेवामा
संसद् पुनःस्थापनाको अडान छाडेर चुनावमा सहभागी हुन ‘जेनजी’ प्रतिनिधिको प्रस्ताव
प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतद्वारा अन्तरिम आदेश दिन अस्वीकार
त्रिदेशीय अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपालले भारतलाई २ गोलले हरायो