पाल्पाका ३४ परीक्षार्थी एसइई परीक्षा दिनबाट बञ्चित
पाल्पा । आगामी चैत्र १० गतेदेखि शुरु हुने माध्यमिक शिक्षा परीक्षामा(एसइई) पाल्पा जिल्लाबाट ३४ परीक्षार्थी परीक्षा दिने अवसरबाट बञ्चित हुनुपरेको छ ।
विद्यालयमा ७५ प्रतिशत हाजिरी नपुगेको र अन्य कारणले अयोग्य हुँदा माध्यमिक शिक्षा परीक्षाबाट बञ्चित हुनुपरेको हो । शिक्षा विकास तथा समन्वय एकाइ, पाल्पाकाअनुसार माध्यमिक शिक्षा परीक्षामा पाँच हजार ३८ सहभागी हुनेछन् ।
नियमिततर्फ छात्र दुई हजार ३७५, छात्रा दुई ५६१ जम्मा चार हजार ९३६ र पूरक ग्रेड वृद्धितर्फका पुराना ३५, नयाँ ६७ गरी जम्मा १०२ कूल पाँच हजार ३८ सहभागी हुने शिक्षा विकास तथा समन्वय एकाइ, पाल्पाका सूचना अधिकारी महेन्द्र सुवेदीले जानकारी दिए ।
परीक्षामा सहभागी हुने विद्यालय सङ्ख्या १३२ रहेका छन् । जसअन्तर्गत सामुदायिक १११, संस्थागत २०, खुला विद्यालय एक रहेका छन् । पाल्पा जिल्लाका २६ परीक्षा केन्द्रमा परीक्षा सञ्चालन हुने सूचना अधिकारी सुेवदीले बताए ।
March 15, 2019 11:18 am | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।
आज जनआन्दोलन दिवस मनाइँदै