अलैँचीको भाउ आठ वर्षयताकै कम
पाँचथर – पूवी पहाडी जिल्लाका मुख्य नगदे बाली अलैँचीको भाउ ८ वर्षयताकै कममा पुगेको छ । कुनै समय प्रतिमन (४० केजी)को एक लाख २० हजार सम्मममा बिक्री भएको अलैँची अहिले २४ हजारमा झरेसँगै किसान र व्यवसायी चिन्तित भएका छन् ।
यो मूल्य ८ वर्षयताकै कम हो । पाँचथरमा शुक्रबार प्रतिमन २४ देखि २६ हजारमा कारोबार भएको थियो । अलैँची कारोबार हुने अन्तिम सिजनसम्ममा पनि अलैँचीको भाउ ओरालो लाग्ने क्रम नरोकिएपछि किसान तथा व्यापारी चिन्तित बनेका छन् ।
अलैँची कारोबार हुने मुख्य सिजन असोज, कात्तिकको महिनामा भाउ नबढेपछि भाउ बढ्ने आशामा घरमै थन्काएर राखेको अलैँची सिजनको अन्तिम समयसम्म पनि भाउ ओरालो लाग्ने क्रम नरोकिएपछि कम मूल्यमै वेच्न बाध्य भएको किसानहरुले गुनासो गरेका छन् ।
विगतका वर्षमा विभिन्न खालको प्रकोपको सामना गरेका अलैँची किसान अहिले आएर प्रकोप हटे पनि मूल्य बर्सेनि ओरालो लाग्दै जाँदा अलैँची पेशामा लागेका किसान निराश भएका छन् ।
अलैँची विकास केन्द्र फिक्कल इलामका अनुसार पूर्वी पहाडी जिल्ला ताप्लेजुङमा चार हजार १ सय ५० हेक्टरमा अलैँची खेती हुने गर्दछ । जुन नेपालमै सबैभन्दा धेरै हो । यस्तै पाँचथरमा एक हजार ७ सय ३७ र इलाममा १ हजार २ सय हेक्टर जमिनमा अलैँची खेती हुँदै आएको छ ।
March 16, 2019 10:04 am | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग