बलात्कारीलाई मृत्युदण्ड होइन, लिंग काटिदिनुपर्छ : ज्योती मगर
काठमाडौ । चर्चित गायिका ज्योती मगर, लोक तथा दोहोरी गीतकी चर्चित मोडल पनि हुन् । उनको चर्चा कहिले सकारात्मक किसिमले हुन्छ त कहिले नकारात्मक किसिमले पनि हुन्छ । यद्यपी, ज्योतीलाई नजिकबाट बुझ्ने सहकर्मीहरुले ज्योतीलाई वास्तबमा राम्रो कलाकार भएको टिप्पणी गर्छन ।
दर्शकलाई मनोरन्जन चाहिएकाले आफुले दर्शकका लागि फरक किसिमले मनोरन्जन प्रदान गरिरहेको उनको बुझाई रहेको छ । हालै ज्योतीले नेपालमा बढ्दै गएको बलात्कारको विषयमा धारणा राखेकी छिन् । ज्योतीले भनिन्, ‘बलात्कारको कारण त बलात्कार जसले गर्छ उनिहरुलाई सोध्नुस्, तर बलात्कार घटाउन के गर्ने ? त्यसको समाधान गर्ने एउटा उपाय मसँग पनि छ ।’
उनका अनुसार मन मिलेको खण्डमा जे गर्नुस्, तर मन मिल्दैन भने कसैलाई जर्बजस्ती गर्नुहुँदैन । ज्योतीले भनिन्, ‘यदि त्यसो गर्नुभयो भने प्रतिफल चाँडै मिल्नेछ ।’ उनले नेपालमा बलात्कार जस्तो जघन्य अपराधलाई सरकारले गम्भिर मुद्धाको रुपमा लिन नसकेकोमा दुःख व्यक्त गरिन । ‘बलात्कारपछि पीडक समाजमा खुलेआम हिड्छ अनि कसरी रोकिन्छन् घटना ? , भनिन्, ‘बलात्कारीले नै मेरो मान्छे नेतृत्वमा छ भन्दै हिड्छ र प्रशासन कार्यालयमा मिलाउने भन्दै हिडेपछि कसरी रोकिन्छ ?
उनले ज्योती मगर, रेखा थापा, तिर्सना बुढाथोकी या अरु कसैका कारण बलात्कार बढेको भन्नेहरुलाई गलित्तो प्रहार गरेकी छिन् । उनी थप्छिन्, ‘केहि पुरुषको गलत मानसिकताका कारण बलात्कारका घटना बढेका हुन् ।’ जतिसुकै लोकतन्त्र अथवा गणतन्त्र आएपनि कडा भन्दा कडा कानुन नभएसम्म यो समाधान नहुने उनले बताइन् । कानुन बलियो भयो भने बलात्कार आफै समाधान हुने उनको बुझाई रहेको छ । उनले भनिन्, ‘पुलिस कार्यालयमा पुगेको जघन्य अपराधको घटना समेत विभिन्न व्यक्ति र प्रलोभनमा मिल्छ भने यो राज्यबाट अरु के आशा राख्नु ?’
नेपालमा धेरै प्रकारका कानुनमा संसोधन भएपनि कहिल्यै बलात्कारीलाई दिने कानुनको विषयमा नेताहरुले संसोधन गरेका छैनन्, आक्रोशित हुँदै उनले थपिन्, ‘महिला हिंसा र खासगरी बलात्कारसँग सम्बन्धित मुद्दामा मिलापत्र गराउने प्रवृत्तिलाई कडा कानुन बनाएर निरुत्साहित गर्नुपपर्छ ।’ उनका अनुसार बलात्कारीलाई फाँसी दिने कानुन निर्माण गर्न नसके पनि लिंग काट्ने सजाय हुनुपर्ने उनको जिकिर रहेको छ ।
March 22, 2019 12:07 pm | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग