धनी बन्न मन छ ? अपनाउनुस् यी ७ सूत्र, त्यसपछि कायापलट
मानिस स्वभावैले लोभी प्राणी मानिन्छ । कुन चाहि मानिसलाई रहर नहोला र धनी बन्ने। पक्कै पनि सबै व्यक्तिलाई धनी बन्ने रहर छ तर, केही व्यक्तिले मात्र त्यो रहर र सपना पूरा गर्न सक्छन् । यस्तै धनी मध्यका एक हुन् भारतका भारतका धनाढ्य मुकेश अम्बानी।
उनी अथक प्रयास, मिहिनेत र लगनशीलताका कारण प्रेरणाको स्रोत नै बन्न पुगे। तपाई हामीलाई लाग्न सक्छ उनी कसरी भए धनी हामी कसरी बन्न सक्छौं त्यसै भएर उनी कसरी धनी भए त रु भन्ने बिषयमा हामी यहाँ छोटकरीमा चर्चा गर्दछौं ।
१) पैसाको पछि दौडिँदैनन्
मुकेश आफ्नो बुबालाई गुरु मान्छन् । पैसाको पछाडि दौडिँदैमा सफल व्यवसायी बन्न सकिँदैन भन्ने धारणा छ ।
२) साहसी व्यक्तित्व
उनी आफूलाई साहसी व्यक्तिका रूपमा स्थापित गर्छन् जसले गर्दा हरेक चुनौतीको सामना गर्न तयार हुन्छन् ।
३) पर्याप्त खर्च गर्छन्
उनी व्यवसायमा मात्रै होइन, आफ्नो सोखका लागि पनि पर्याप्त खर्च गर्छन् ।
४) आफैँलाई विश्वास गर्छन्
उनी आफैँलाई विश्वास गर्छन् र हरेक परिस्थितिका लागि तयार हुन्छन् । उनले जीवनमा थुप्रै समस्या झेलेका छन्।
५) ठूलो सपना
ठूलो व्यवसायी बन्न ठूलै सपना देख्नुपर्छ भन्ने उनको मान्यता छ । तर्सथ उनी
ठूलो सपना देख्छन् र पूरा नभएसम्म आरामले निदाउन समेत सक्दैनन् ।
६) निरन्तर खट्छन्
दौडको बीचमा आराम गर्नेहरूलाई सफलता प्राप्त हुँदैन भन्ने उनको मान्यता छ ।
प्रतिस्पर्धी बजारमा कसैले कसैलाई नपर्खने भएकाले सफलताका लागि आफैँ
सक्रिय हुनुपर्ने उनको तर्क छ।
७) बजारको माग बुझ्छन्
व्यापार, व्यवसाय प्रवद्र्धनका लागि पहिला बजारको माग बुझ्न जरुरी पर्छ । समयको माग र आवश्यकताअनुसार उनी अगाडि बढ्छन्।
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी
घरजग्गा कारोबार गर्ने कम्पनीलाई आवेदन दिने म्याद थप