

बर्थ डे ब्वाई इमरानः जसले मुसलमान भएकै कारण डेरा पाएनन्

काठमाडौं, १० चैत । बलिउडमा इमरान हाशमीको उपस्थिति नै महत्वपूर्ण मानिन्छ । उनको फिल्म प्राय चल्छन् । किनकी ती सबै अलग विषयका फिल्महरु हुन्छन् । उनका अलग दर्शक पनि छन् ।
इमरान हाशमीको पूरा नाम इमरान अनवर हाशमी हो । २४ मार्चमा इमरानको जन्मदिन पर्छ । उनी आफ्नो निजी जीवनको बारेमा असाध्यै खुलस्त कुरा गर्ने नायक भनेर चर्चामा छन् ।
आज उनको जन्मदिनको अवसरमा उनीबारे केही निजी जीवनका कुराहरु शेयर गर्दैछौं–
इमरान हाशमी २००१ सालमा ‘जिन्दगी का सफर’ नामक फिल्मबाट बलिउडमा डेब्यू गरे । तर, बीचमै निर्माताले उनलाई फिल्मबाट निकालिदिए । त्यसपछि उनले २००३ मा आएर फिल्म ‘फुटपाथ’ बाट पुनः बलिउडमा डेब्यू गरे ।
इमरानले २००२ मा ‘राज’ फिल्मको सेटमा सहायक निर्देशकको रुपमा काम गरेका
थिए । त्यसपछि उनले ‘मर्डर’, ‘जहर’, ‘आशिक बनाया आपने’, ‘ग्याङस्टार’ र
पुनः २००७ मा ‘आवारापन’
जस्ता फिल्ममा काम गरे ।
उक्त चलचित्रले समर्थकहरुमाथि यस्तो जादू भयो कि इमरानको चर्चा सन् २०१० सम्म चलिरह्यो । त्यतिबेला युवाहरुबीच उनी एकदम चर्चित भए ।
उनको प्रशंशहरु यति धेरै बढे कि उनको तस्बिरमाथि केटाहरुले फिल्मको डायलग लेख्न थाले । उनको गीत सुनेर केटाहरु युवतीलाई प्रेम प्रस्ताव राख्न थाले ।
इमरान आफ्नो करिअरमा खासै विवादमा त फसेनन् । तर २००९ मा उनले पत्रकार सम्मेलन गरेर आफू मुसलमान भएको कारण मुम्बईमा हाउसिङ सोसाइटीले घर दिन नमानेको कुरा सार्वजनिक गरे ।
करण जौहरको शो ‘कफी विथ करण’ के ¥यापिड फायरको क्रममा जब इमरान हाशमीलाई प्रश्न गरियो । उनले उत्तरमा आफूले ऐश्वर्यालाई प्लाष्टिक अर्थात् नक्कली भनेका थिए । त्यसपछि ऐश्वर्याले कहिल्यै पनि इमरानसँग काम गर्ने प्रतिज्ञा गरेकी थिइन् ।
‘बादशाह’मा जब ऐश्वर्यालाई प्रस्ताव गरियो, तब उनले इमरान भएकै कारण आफूले उक्त चलचित्रमा काम नगर्ने बताइन् ।
March 24, 2019 3:45 pm | मनोरञ्जन
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

नेपालकी लोकप्रिय लोकदोहोरी गायिका प्रीति आले, भोलि बिहान १०:३० बजे कुवेत आउदै।

स्वास्थ्य बीमा समयमा नवीकरण नगरे चार गुणासम्म थप शुल्क लगाउने सरकारको चेतावनी

दाङको देउखुरीमा टिप्परको ठक्कर बाट मोटर साइकालमा स्वारी दुई जाना मध्य एक जनाको मिर्त्यु

एकदिवसीय शृङ्खलाको पहिलो खेलमा दक्षिण अफ्रिकाले अस्ट्रेलियालाई हरायो

नेपाल कुवेत संस्कृतिक मन्चले आयोजना गरेको हरितालिका तिज बिशेष सांगितिक धमका २०२५

इजरायली राष्ट्रपतिसँग विपिनकी आमा र बहिनीको भेट

किरात राई यायोक्खा कुवेतको चौथो अधिवेशन १२ सेप्टेम्बरमा केन्द्रिय अध्यक्ष जीवन हाताचो राई कुबेत आउँदै

संखुवासभा समाज कुवेतको प्रथम वार्षिक उत्सव सम्पन्न

