एसईई परीक्षा पछि करिश्मा आईन मिडियामा, रातभरी सुतेकै छैन, यस्तो भयो परिक्षा (हेर्नुहोस् भिडियो)
चर्चित नायिका करिश्मा मानन्धर हिजोबाट सुरू माध्यमिक शिक्षा परीक्षा (एसईई)मा सहभागी भएकी छन् । बुढेसालामा अध्ययन सुरु गरेकी उनले विजय स्मारक मावि डिल्लीबजार परीक्षा केन्द्रबाट एसईईमा सहभागि भएकी हुुन् ।
मानन्धर त्रिवेणी पब्लिक बोर्डिङ स्कुल मैतीदेवीकी विद्यार्थी हुन् । एसईईको तयारीकालागि उनी नियमित स्कुल गएकी थिइन् । सानै उमेरमा कलाकारितामा लागेकी मानन्धरले बिचैमा पढाई छाडेकी थिइन् । लामो समय अमेरिका बसेर फर्कीएकी उनी पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले नेतृत्व गरेको नयाँशक्ती पार्टीकी नेतृ पनि हुन् ।
१४ वर्षको उमेरमा ७ कक्षा पढ्दापढ्दै पढाइ छोडेर फिल्म क्षेत्रमा लागेकी उनी त्रिवेणी स्कुलमा कक्षा ८ मा भर्ना भएकी थिइन् । फिल्म क्षेत्रमा रहदा अध्ययनमा चासो नदिएकी उनले राजनीतिमा लागेपछि ४५ वर्षको उमेरमा अध्ययनलाई निरन्तरता दिएकी हुन् । गणित र अकाउण्ट बिषयको ट्यूसन पढेकी मानन्धरले एसईई पास गर्ने बताइन् ।
आजबाट सुरु एसईई परीक्षामा देशभरबाट ४ लाख ७५ हजार परीक्षार्थी सहभागी भएका छन् । तीमध्ये दुई लाख ३६ हजार ४ सय ४५ छात्र र २ लाख ३८ हजार ५ सय ५८ छात्रा छन् । हेर्नुहोस् भिडियो
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।