एसईई परीक्षा पछि करिश्मा आईन मिडियामा, रातभरी सुतेकै छैन, यस्तो भयो परिक्षा (हेर्नुहोस् भिडियो)
चर्चित नायिका करिश्मा मानन्धर हिजोबाट सुरू माध्यमिक शिक्षा परीक्षा (एसईई)मा सहभागी भएकी छन् । बुढेसालामा अध्ययन सुरु गरेकी उनले विजय स्मारक मावि डिल्लीबजार परीक्षा केन्द्रबाट एसईईमा सहभागि भएकी हुुन् ।
मानन्धर त्रिवेणी पब्लिक बोर्डिङ स्कुल मैतीदेवीकी विद्यार्थी हुन् । एसईईको तयारीकालागि उनी नियमित स्कुल गएकी थिइन् । सानै उमेरमा कलाकारितामा लागेकी मानन्धरले बिचैमा पढाई छाडेकी थिइन् । लामो समय अमेरिका बसेर फर्कीएकी उनी पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले नेतृत्व गरेको नयाँशक्ती पार्टीकी नेतृ पनि हुन् ।
१४ वर्षको उमेरमा ७ कक्षा पढ्दापढ्दै पढाइ छोडेर फिल्म क्षेत्रमा लागेकी उनी त्रिवेणी स्कुलमा कक्षा ८ मा भर्ना भएकी थिइन् । फिल्म क्षेत्रमा रहदा अध्ययनमा चासो नदिएकी उनले राजनीतिमा लागेपछि ४५ वर्षको उमेरमा अध्ययनलाई निरन्तरता दिएकी हुन् । गणित र अकाउण्ट बिषयको ट्यूसन पढेकी मानन्धरले एसईई पास गर्ने बताइन् ।
आजबाट सुरु एसईई परीक्षामा देशभरबाट ४ लाख ७५ हजार परीक्षार्थी सहभागी भएका छन् । तीमध्ये दुई लाख ३६ हजार ४ सय ४५ छात्र र २ लाख ३८ हजार ५ सय ५८ छात्रा छन् । हेर्नुहोस् भिडियो
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा
कुवेतमा यात्री समाजको देउसी -भैलो, दक्षिणा समाजसेवामा
संसद् पुनःस्थापनाको अडान छाडेर चुनावमा सहभागी हुन ‘जेनजी’ प्रतिनिधिको प्रस्ताव
प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतद्वारा अन्तरिम आदेश दिन अस्वीकार
त्रिदेशीय अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपालले भारतलाई २ गोलले हरायो