स्वीकृतिबिना नै फिल्म ‘पीएम नरेन्द्र मोदी’ मा आफ्नो फिल्मको गीत राख्दा रिसाए सलमान
आउँदो अप्रिल ५ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जीवनीमा आधारित फिल्म ‘पीएम नरेन्द्र मोदी’ रिलिज हुँदैछ ।
यस फिल्मको ट्रेलर होलीको अवसरमा रिलिज गरिएको थियो भने फिल्मका गीतहरु पनि रिलिज भइसकेका छन् । यस फिल्ममा सलमान खानको बन्न नसकेको अधुरो फिल्म ‘दश’ को गीत ‘सुनो गौर से दुनिया वालो’ लाई स्वीकृति नलिएरै राखिएको छ ।
यही कारण सलमान खान निकै रिसाएका खबरहरु सार्वजनिक भएका छन् । यस फिल्ममा अभिनेता विवेक ओबेरोयले नरेन्द्र मोदीको भूमिका निर्वाह गरेका छन् ।
सलमान खान तथा गीतकारसँग स्वीकृति नलिएरै प्रयोग गरिएको गी विरुद्ध टी–सिरिजले पनि कपिराइटका लागि कुनै कदम चालेको छैन । सलमान खान टी–सिरिजसँग नजिकको सम्बन्ध भएका कारण कुनै एक्शन लिने मुडमा पनि छैनन् ।
सलमान खानको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका साथ पनि राम्रो सम्बन्ध रहेको छ । यही कारण सलमान कुनै पनि किसिमको दुश्मनी मोल्न चाहिरहेका छैनन् ।
तर यसरी आफूबाट स्वीकृति नै नलिएर विवेक ओबेरोयको फिल्ममा गीतको प्रयोग भएपछि सलमान निकै नै दुःखी छन । सलमान खान र अभिनेता विवेक ओबेरोयबीच अभिनेत्री ऐश्वर्या रायका लागि झगडा भएको थियो ।
कुनै समयमा सलमान खानकी प्रेमिका रहेकी अभिनेत्री ऐश्वर्या रायसँग विवेक ओबेरोय नजिकिएपछि सलमान र विवेकबीच दुश्मनी सुरु भएको थियो । यी दुवै अभिनेताबीच अहिले पनि बोलचाल सुरु भएको छैन ।
फिल्म ‘पीएम नरेन्द्र मोदी’ को विषयमा भारतीय चर्चित लेखक तथा गीतकार जावेद अख्तरले पनि केही दिनअघि ट्वीट गरेका थिए ।
उनले ट्वीटमा लेखेका थिए, ‘म आश्चर्यचकित छु की यस फिल्मको ट्रेलर र पोस्टरमा मेरो नाम लेखिएको छ । जबकी मैले यस फिल्ममा कुनै पनि गीत लेखेको छैन ।’ जावेदले फिल्मको पोस्टर पनि शेयर गरेका थिए । जसमा उनको नाम राखिएको थियो ।
पछिल्लो समय भारतमा लोकसभा चुनाव नजिकिँदै गर्दा ‘पीएम नरेन्द्र मोदी’ रिलिज हुन लागेको छ । कुनै राजनीतिज्ञको गुणगान गाइएको र यो चुनावी आचारसंहिताविरुद्ध भएको र चुनावअघि चलचित्र रिलिज गर्न नहुने भन्दै भारतीय कांग्रेस पार्टी चुनाव आयोगमा पुगेको छ ।
March 27, 2019 2:12 pm | मनोरञ्जन
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।