मेरी बास्सै छोड्नुको कारण आफ्नै बुढीले बल्छीलाई सोधे ! हेर्नुहोस भिडियो
बल्छी धुर्वे र राजु मास्टरले हास्य टेलिश्रृंखला मेरी बास्सै छोडेका छन् । नेपाल टेलिभिजनबाट प्रशारण भइरहेको लोकप्रिय टेलिश्रृंखला मेरी बास्सैमा अभिनयसँगसँगै निर्देशन पनि गर्दै आएका प्रमुख कलाकार मरिचमान श्रेष्ठ (बल्छी धु्र्वे) र राजु पौडेल (राजु मास्टर) अलग भएको घोषणा गरेका हुन् ।
कार्यक्रम उत्पादक मिडिया हबसँग केही कुरामा चित्त नबुझेपछि उनीहरु अलग भएका हुन् । उनीहरुले कार्यक्रम छोडेको घोषणा फेसबुकमार्फत गरेका छन् ।
तर, मिडिया हबले भने राजु मास्टर र बल्छी धुर्वे मेरी बास्सैलाई राम्रो बनाउनुको साटो यूट्युव कार्यक्रम निर्माणमा बढी व्यस्त हुन थालेको आरोप लगाएका छन् । उनीहरुले सहमतिमै टेलिश्रृंखला छोडेको मिडिया हबको भनाइ छ ।
करिब एक दशक अघि सुरु भएको यो श्रृंखला सीताराम कट्टेल (धुर्मुस) तथा केदार घिमिरे (माग्नेबुढा) ले सुरु गरेका थिए । पछि उनीहरुमा पनि विवाद देखिएपछि बल्छी धुर्वे र राजु मास्टरले यसको जिम्मेवारी पाएका थिए ।
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतमा राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको १४१औँ जन्म जयन्ती मनाईयो
कुवेतमा राजु लामाको साथमा ‘Nirem Musical Fest २०२६’ ९ जनवरीमा मनाउदै
विदेशमा रहेका नेपालीलाई मताधिकार दिन ४ वटा कानून संशोधन गर्नुपर्ने
निकाेलस भुसाल गाेरखाबाट पक्राउ
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा