

जान्नुहोस : घरमा गणेशको यस्तो मूर्ति राख्नुहोस ! भाग्य चम्कने मात्र नभई मिल्नेछ सुखै-सुख !

भगवान गणेशलाई विघ्नहर्ता भन्ने गरिन्छ । र कुनैपनि शुभ कार्य गर्नुअघि भगवान गणेशको पूजा गर्नु जरुरी रहेको छ र गर्ने गरिन्छ । शास्त्र अनुसार भगवान गणेशको हरेक रूप शुभ र मंगलकारी मानिन्छ साथै वास्तुशास्त्र अनुसार पनि गणेशको मूर्तिलाई घरमा राख्नाले निकै शुभ मानिने गरिन्छ।
भगवान गणेशको मूर्ति घरको मुख्यद्वारमा लगाउने परम्परा रहेको छ । यस्तै आँप, पीपल र नीमबाट बनेको गणेशको मूर्ति घरको मुख्यद्वारमा लगाउनु पर्दछ । यसबाट घरमा सकारात्मक उर्जा आउने गर्दछ, जसलाई धन र सुखमा वृद्धि कारकको रुपमा मानिन्छ ।
आइतबार या पुष्य नक्षत्रमा श्वेतार्क गणेशको मूर्ति घरमा ल्याएर नियमित पूजा गरे गणेशको मूर्तिले धन र शान्ति प्रदान गर्ने बताईएको छ। क्रिस्टलले बनेको गणेशको मूर्तिले वास्तु दोषलाई टाढा राख्नको लागी बिशेष भूमिका रहेको मानिएको छ ।
गणेशको साथै क्रिस्टलकी लक्ष्मीको पूजाले घरमा धन र सौभाग्य भित्रिने विश्वास रहेको छ । बेसारबाट गणेशको मूर्ति बनाएर घरमा राखे निकै नै शुभ र सुखदायक मानिन्छ भने गाई र गोबरबाट बनेको गणेशको मूर्ति धन वृद्धिकारक मानिएको छ ।
March 30, 2019 11:32 am | टिप्स/जानकारी

प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

एकदिवसीय शृङ्खलाको पहिलो खेलमा दक्षिण अफ्रिकाले अस्ट्रेलियालाई हरायो

नेपाल कुवेत संस्कृतिक मन्चले आयोजना गरेको हरितालिका तिज बिशेष सांगितिक धमका २०२५

इजरायली राष्ट्रपतिसँग विपिनकी आमा र बहिनीको भेट

किरात राई यायोक्खा कुवेतको चौथो अधिवेशन १२ सेप्टेम्बरमा केन्द्रिय अध्यक्ष जीवन हाताचो राई कुबेत आउँदै

संखुवासभा समाज कुवेतको प्रथम वार्षिक उत्सव सम्पन्न

टप एन्ड टी–२० शृङ्खलामा नेपालले आज नर्दन टेरिटोरीसँग खेल्ने

नेपालमा एक वर्षमा प्रेस स्वतन्त्रता हननका ९४ वटा घटना, एक जना पत्रकारको हत्या

झापाली समाज कुवेतले झापा, कनकाई नगरपालिका वडा नं.-३,पिङ्ग डाँडाकी टिका तिम्सीना लाई रु ५१,९९६ रुपैया आर्थिक सहयोग गरेको छ ।

