विवाहको पाँच महिना नहुँदैं प्रियंका–निकबारे पत्याउनै नसकिने आयो यस्तो खबर
काठमाडौं । अहिले पनि सर्वाधिक चर्चामा रहेको प्रियंका–निकको सम्बन्धमा दरार आएको छ । धुमधामसँग विवाह गरेको चार महिना नबित्दै प्रियंका चोपडा र निक जोनासको सम्बन्धमा चिसोपन आएको हो ।
अमेरिकी एक म्यागाजिनले त दुईको सम्बन्ध डिभोर्स नजिक पुगेको दाबी गरेको छ । बलिउड अभिनेत्री प्रियंकाले आफूभन्दा दस वर्ष कान्छा अमेरिकी गायक जोनससँग गतवर्षको डिसेम्बर पहिलो साता क्रिस्चियन र हिन्दी दुवै धर्मअनुसार विवाह गरेका थिए ।
ओके म्यागाजिनले अप्रिल अंकको आफ्नो कभर स्टोरी बनाउँदै दुई सेलिब्रेटी डिभोर्सको प्रक्रियामा रहेको खुलासा गरेको छ । म्यागाजिनले रिपोर्टमा भनेको छ, ‘उनीहरू हरेक कुरामा पनि झगडा गर्न थालेका छन् । खासगरी काम, पार्टी जाने सवाल र एकसाथ समय बिताउने कुरामा झगडा हुन थालेको छ । उनीहरूको वैवाहिक सम्बन्ध केवल अडिएको मात्रै छ ।’
स्रोतका अनुसार निकले बिहे अगाडि प्रियंकालाई कुल र सरल केटीको रुपमा चिनेका थिए । तर बिहेलगत्तै उनको धारणा बदलिएको छ । ‘अहिले प्रियंकाले निकलाई आफ्नो नियन्त्रणभित्र राख्न खोजिरहेकी छन् । साथै उनको आवेशमा आउने स्वभाव पनि झल्किएको छ, जसको भेउ निकले पहिले पाएका थिएनन् ।’
निकको परिवारले छिटोभन्दा छिटो प्रियंकासित सम्वन्ध तोड्न दवाव दिइरहेको पनि स्रोत बताउँछ । ‘परिपक्व ठानेर बुहारी बनाइएकी केटी उत्ताउली निस्किएपछि बाबुआमा असन्तुष्ट छन् । उनले २१ वर्षको पार्टी गर्लजस्तो व्यवहार देखाइरहेकी छन् ।’ समाचारमा उल्लेख छ । उनीहरु अलग हुने क्रममा प्रमुख लफडा सम्पत्तिको विभाजनलाई लिएर उत्पन्न हुनेछ । एजेन्सी
March 31, 2019 2:59 pm | मनोरञ्जन
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।