Sunday 3rd May 2026

साराले शाहरुखलाई ‘अङ्कल’ भन्दा शाहरुखका फ्यान भड्किए

7 years अगाडी

सन् २०१८ मा फिल्म ‘केदारनाथ’ बाट बलिउडमा डेब्यू गरेसँगै चर्चामा रहेकी सारा अली खान सामाजिक सञ्जाल तथा मिडियामा पनि छाइरहेकी हुन्छिन् । अहिलेसम्म जम्मा २ वटा फिल्ममा मात्रै अभिनय गरेकी साराको स्टारडम दिन प्रतिदिन बढिरहेको छ । 

उनको फ्यान फलोइङ पनि दिनप्रतिदिन बढिरहेको छ । केही समय अघि उनले फिल्मफेयर अवार्ड २०१९ मा बेस्ट डेब्यूको अवार्ड समेत जितिसकेकी छिन् । यही क्रममा साराले मिडियासँगको कुराकानीमा अभिनेता शाहरुख खानलाई अङ्कल भनेर सम्बोधन गरेकी थिइन् । यो भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएसँगै शाहरुख खानका फ्यानहरुले सारालाई ट्रोल गर्न सुरु गरेका छन् । 

सामाजिक सञ्जालमा शाहरुखका फ्यानहरु एक अकापसमा बहस र विवाद गर्न सुरु गरेका छन् । केही व्यक्तिले सारा अली खानको समर्थन गरेका छन् भने केहीलाई साराको सम्बोधन पच्न सकेन । केही व्यक्तिले शाहरुखलाई यूवा अभिनेत्री साराले ‘अङ्कल’ भन्नु अनुचित रहेको भन्दै बहस गरिरहेका छन् भने केहीले उमेरका हिसाबले शाहरुख सारा भन्दा दुईगुणा भन्दा बढी उमेरका भएकाले ‘अङ्कल’ भन्नुमा कुनै गल्ती नभएको बताएका छन् । 

साराको समर्थन गर्ने व्यक्तिहरुमध्ये एकजनाले लेखेका छन् ‘साराले फिल्मफेयरमा शाहरुखलाई ‘अंकल’ भन्दा उनलाई ट्रोल गरिरहेका छन् । २३ वर्षीया व्यक्तिले ५० वर्षका शाहरुखलाई के भनेर सम्बोधन गर्न सक्छ ? उनका प्रशंसकहरु यो मान्न तयार छैनन् कि उनको हिरो अब अङ्कलको उमेरका भइसकेका छन् ।’

यस्तै अर्का व्यक्तिले विरोधमा भनेका छन् ‘यदी शाहरुख खानले अमिताभ बच्चनलाई अङ्कल भन्दै सम्बोधन गर्दा कस्तो लाग्थ्यो, शाहरुखलाई अङ्कल भन्नु गलत होइन तर ‘सर’ भन्दा अझै उचित हुन्थ्यो ।’

          April 2, 2019 12:11 pm | मनोरञ्जन


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...