खलङ्गामा पानीको हाहाकार, दमकलद्धारा वितरण सुरु
दार्चुला । महाकाली नगरपालिकाले सदरमुकाम खलङ्गामा पानीको हाहाकार भएपछि वारुणयन्त्र (दमकल) मार्फत पानी वितरण शुरु गरेको छ।बजारमा वितरण गरिएको खानेपानी आपूर्ति हुन नसकेपछि नगरपालिकाले वारुणयन्त्र मार्फत पानी वितरण शुरु गरेको हो।
नगरपालिकाका वडा नं ४ र ५ मा अहिले खानेपानी अभाव भएको छ। नगरपालिकामा वितरण भएको स्किम नम्बर २ र ३ बाट वितरण गरिएको पानी कमी भएपछि नगरवासीले दुई महिनादेखि खानेपानी समस्या झेल्दै आएका थिए।
नगरपालिकामा वितरण भएको पानी अधिकांशको घरमा पुग्न नसकेपछि केहि दिनदेखि स्थानीयले खोलाबाट पानी बोकेर खानुपरेको थियो। नगरवासीले खानेपानी माग गर्दै दुई पटक नगरपालिका कार्यालयमा ज्ञापन बुझाउनुका साथै ध्यानकर्षण गराएका थिए।
स्थानीयले सधै पानीको माग गर्न थालेपछि नगरपालिकाले शुक्रबारदेखि नगर क्षेत्रभित्र वारुण यन्त्रमार्फत पानी वितरण शुरु गरेको नगरपालिका प्रवक्ता पुष्कराज जोशीले जानकारी दिए।
वारुण यन्त्र छिर्न सक्ने ठाउँसम्म पुगेर पानी वितरण शुरु गरिएको उनले बताए। उनका अनुसार तत्काल खानेपानी समस्या समाधान गर्ने विकल्प नभएपछि वारुण यन्त्रमार्फत पानी वितरण शुरु गरिएको हो।
सदरमुकामका सबै ठाउँमा वारुण यन्त्र पुग्ने सडक छैन्। सडक नहुँदा तिंकर खेडा, जनता बैंक क्षेत्र, आर्मी व्यारेक क्षेत्रका स्थानीयलाई खानेपानी पु¥याउन सएिको छैन्।
बजारको जिल्ला प्रहरी कार्यालय अगाडिसम्म वारुण यन्त्रमार्फत पानी वितरण गरिएको प्रवक्ता जोशीले बताए।
यस्तै तिंकर सडक भएर नगरपालिकाको वडा नम्बर ५ मोहती क्षेत्र, उद्योग वाणिज्य पछाडिको क्षेत्रका स्थानीयलाई खानेपानी वितरण गरिएको छ। पहिलो दिन ४० हजार लिटर खानेपानी वितरण गरिएको सरसफाइको जिम्मेवारी हेर्दै आएका नगरपालिकाका सवओभरसियर मोहनसिंह कार्कीले बताए।
घरमा जोडिएका धारामा बिहान बेलुकी ५ मिनेट पनि पानी आउँदैन् । वारुण यन्त्रबाट ल्याइएको पानी भएपनि अहिले काम चलाउनु परेको स्थानीय किसनसिंह धामीले बताए।
नगरपालिकाले तत्कालीन खानेपानी समस्या समाधानको लागि झण्डै एक करोड २० लाख रुपैयाँ लागतमा बोलपत्र निकालेको छ। नगरपालिकाको गारख क्षेत्रबाट खानेपानी ल्याउने गरी टेण्डर निकालिएको नगरपालिकाका प्रमुख हंशराज भट्टले जानकारी दिए।
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग