खुर्पा प्रहार गरी आफ्नै श्रीमानको ज्यान लिइन् , (भिडियो सहित)
काभ्रेको धुलिखेल नगरपालिका वडा नम्बर २ रविओपीस्थित थिङ्ग गाउँमा श्रीमतीको खुर्पा प्रहारबाट ६५ वर्षीय श्रीमान सुकराम तामाङको ज्यान गएको छ। ५५ वर्षीया लालीमाया तामाङले रक्सिमा लिप्त भएर श्रीमानको हत्या गरेकी हुन्।गत शनिबार दिउँसो करिब पौने तिन बजेतिर घरमै खुर्पा प्रहार गरी श्रीमानको हत्या गरेको स्थानीयवासिन्दाले जनाएका छन्।
लालीमायाले शुरुमा खुर्पाले सुकरामको खुट्टामा प्रहार गरिकी थिइन्। चोट लागे पछि घाइते भएका सुकरामलाई लालिमायाले अन्य धारिलो हतियार समेत प्रहार गरेकी थिइन्।लालीमाया र सुकरामको झगडा छुट्टाउन जाँदा सुकरामकी फुपूदिदी समेत् घाइते भएकी छिन्। उनको खुट्टामा गहिरो चोट लागेको कारण टाँका लगाइएको छ। लीलामाया र सुकुरामका ६ छोरा ३ छोरीको छिन्। उनीहरुसँगवृद्धा फुपू पनि बस्छिन। खुर्पा प्रहार गर्ने लालीमाया तामाङलाई इलाका प्रहरी कार्यालय बनेपाले नियन्त्रणमा लिएको छ। भिडियो :
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।