अवार्ड पाउनु शायद मेरो भाग्यमा नै छैनः तापसी पन्नु
अभिनेत्री तापसी पन्नु यति बेला हिन्दी सिनेमाकी उत्कृष्ट अभिनेतृहरु मध्येकी एक हुन् । यस कुराको पुष्टि गर्न तापसीसँग दर्शकको साथ र राम्रा फिल्महरु त छन् तर उनीसँग कुनै अवार्ड छैन ।हालै तापसीले यस विषयमा कुराकानी गर्दै भनेकी छिन्, ‘पहिले मलाइ अवार्ड पाइन भनेर दुख लाग्थ्यो ।
म सोचिरहन्थे कि मैले किन अवार्ड पाइन ? मलाई लाग्थ्यो कि शायद मैले कमर्सियल फिल्म गरेकी छैन त्यसैले अवार्ड पाइन । पछि मैले ‘जुडवा २’ मा अभिनय गरेँ । त्यसपछि पनि कसैले मलाई अवार्डका लागि लायक नै सम्झिएनन् । अब त मैले ठानिसकेँ कि शायद मैले गरेको कामका लागि सम्मान पाउनु मेरो भाग्यमै छैन । त्यसैले मैले आशा गर्न पनि छोडिसकेँ ।’
अभिनेत्री तापसी पन्नु अहिले फिल्म ‘बदला’ मा उनले गरेको अभिनयका कारण चौतर्फी प्रसंशा बटुलिरहेकी छिन् । यस फिल्ममा उनीसँग अभिनेता अमिताभ बच्चनको पनि अभिनय रहेको छ ।अघिल्लाे वर्ष तापसीले फिल्म ‘मुल्क’ र ‘मनमर्जियाँ’ बाट पनि अभिनयका कारण चर्चा बटुलेकी थिइन । तापसीले यस अघि फिल्म ‘शबाना’ र ‘पिंक’ मार्फत पनि दर्शकको मन जित्न सफल भएकी थिइन् । तर उनले आफ्नो अभिनयकै लागि भने कुनै अवार्ड पाएकी छैनन् ।
बलिउड फिल्म उद्योगमा दिइने अवार्डहरुका विषयमा तापसी पन्नुले मात्रै नभइ अन्य कलाकारहरुले पनि प्रश्न उठाउने गरेका छन् । तीमध्ये अभिनेता आमिर खान र अभिनेत्री कंगना रनावतले त झनै अवार्ड कार्यक्रममा सहभागी हुन नै अस्वीकार गरिदिएका छन् ।
April 11, 2019 10:57 am | मनोरञ्जन
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।