सारा अली खानविरुद्ध मुद्दा दर्ता
नयाँ दिल्ली। बलिउड नायक सैफ अली खान र नायिका अमृता सिंहकी छोरी सारा अली खान कानूनी समस्यामा फसेकी छिन् । हेलमेट नलगाई बाइक पछाडि बसेको भिडियो सोसल मिडियामा चर्चित भएपछि उनी समस्यामा परेकी हुन् ।
उक्त भिडियोमा देखिएअनुसार सारा नायक कार्तिक आर्यनसँग बाइकमा बसेकी छिन् र उनले हेलमेल लगाएकी छैनन् । भारतीय कानून अनुसार बाइक चलाउने र सवार दुबैले हेलमेल लगाउनुपर्छ ।
हेलमेट नलगाएका कारण सारालाई सोसल मिडियामा ट्रोल गरिएको छ । यो मामला यति चर्चित बन्यो कि यो पुलिससम्म पुग्यो । साराविरुद्ध पुलिसमा मुद्दा दर्ता गरिएको छ ।
दिल्ली पुलिसले मंगलबार दिल्लीको सडकमा साराले बाइकमा हेलमेट बिना घुमेको जवाफ मागेको बताइएको छ । मिडिया रिपोर्टलाई मान्ने हो भने एक वरिष्ठ पुलिस अधिकारीले घटनासँग जोडिएका सबै तथ्य पाएपछि र त्यो पुष्टि भएपछि साराविरुद्ध ‘मोटर भेइकल एक्ट’ अनुसार एक्सन लिइने जानकारी दिएका छन् ।
स्मरण रहोस्, जब साराको भिडियो सार्वजनिक भएको थियो तब मानिसहरुले उनलाई ट्रोल गर्दै दिल्ली पुलिसलाई पनि ट्याग गरेको थियो । रोड सेफ्टी नियम तोडेका कारण साराको निकै आलोचना भयो ।यो भिडियो दिल्लीमा इम्तियाज अलीको आउँदो फिल्मको सुटिङको हो । यद्यपि, यो पूरा विवादबारे साराको कुनै प्रतिक्रिया आएको छैन ।
April 13, 2019 10:27 am | मनोरञ्जन
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतमा राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको १४१औँ जन्म जयन्ती मनाईयो
कुवेतमा राजु लामाको साथमा ‘Nirem Musical Fest २०२६’ ९ जनवरीमा मनाउदै
विदेशमा रहेका नेपालीलाई मताधिकार दिन ४ वटा कानून संशोधन गर्नुपर्ने
निकाेलस भुसाल गाेरखाबाट पक्राउ
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा