सारा अली खानविरुद्ध मुद्दा दर्ता
नयाँ दिल्ली। बलिउड नायक सैफ अली खान र नायिका अमृता सिंहकी छोरी सारा अली खान कानूनी समस्यामा फसेकी छिन् । हेलमेट नलगाई बाइक पछाडि बसेको भिडियो सोसल मिडियामा चर्चित भएपछि उनी समस्यामा परेकी हुन् ।
उक्त भिडियोमा देखिएअनुसार सारा नायक कार्तिक आर्यनसँग बाइकमा बसेकी छिन् र उनले हेलमेल लगाएकी छैनन् । भारतीय कानून अनुसार बाइक चलाउने र सवार दुबैले हेलमेल लगाउनुपर्छ ।
हेलमेट नलगाएका कारण सारालाई सोसल मिडियामा ट्रोल गरिएको छ । यो मामला यति चर्चित बन्यो कि यो पुलिससम्म पुग्यो । साराविरुद्ध पुलिसमा मुद्दा दर्ता गरिएको छ ।
दिल्ली पुलिसले मंगलबार दिल्लीको सडकमा साराले बाइकमा हेलमेट बिना घुमेको जवाफ मागेको बताइएको छ । मिडिया रिपोर्टलाई मान्ने हो भने एक वरिष्ठ पुलिस अधिकारीले घटनासँग जोडिएका सबै तथ्य पाएपछि र त्यो पुष्टि भएपछि साराविरुद्ध ‘मोटर भेइकल एक्ट’ अनुसार एक्सन लिइने जानकारी दिएका छन् ।
स्मरण रहोस्, जब साराको भिडियो सार्वजनिक भएको थियो तब मानिसहरुले उनलाई ट्रोल गर्दै दिल्ली पुलिसलाई पनि ट्याग गरेको थियो । रोड सेफ्टी नियम तोडेका कारण साराको निकै आलोचना भयो ।यो भिडियो दिल्लीमा इम्तियाज अलीको आउँदो फिल्मको सुटिङको हो । यद्यपि, यो पूरा विवादबारे साराको कुनै प्रतिक्रिया आएको छैन ।
April 13, 2019 10:27 am | मनोरञ्जन
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।