सुडानमा पूर्व मन्त्रीहरु पक्राउ पर्न थालेका छन् ।
राष्ट्रपति ओमार बशीरलाई पदच्युत गरेर सत्ता हातमा लिएको सेनाले बशीर नेतृत्वको सरकारका मन्त्रीहरुलाई पनि पक्राउ गरेको तर उनीहरुको नाम भने नखुलाइएको बीबीसीले जनाएको छ ।
यसैबिच, लेफ्टिनेन्ट जनरल अब्दुल रहमान बुर्हान नेतृत्वको सेनाले अर्को प्रधानमन्त्री बनाउने विषयमा सकारात्मक रहेको जनाएको छ । तर नागरिक शासन लागु नभएसम्म सडक प्रदर्शन नरोक्ने प्रदर्शनकारीले माग गर्दै आएका छन ।
सैन्य सरकारका प्रवक्ता अदडिन शान्तोले सडक प्रदर्शन गरिरहेको द सुडान प्रोफेसनल्स एशोसिएसनले चाहेमा नागरिक शासन लागु गर्न तयार रहेको र त्यसका लागि नागरिक प्रधानमन्त्री छान्न सकिने बताएको खबरमा उल्लेख छ ।
गएको हप्ता झण्डै ३० बर्ष शासन चलाएका राष्ट्रपति बशीरलाई हटाएर सेना प्रमुख अबाद इफ औफले आफैलाई रक्षामन्त्री घोषणा गरेका थिए । तर राष्ट्रपति बशीरका समर्थक र सुडानका नागरिकले सडक प्रदर्शन चर्काएपछि उनले पदत्याग गर्दै लेफ्टिनेन्ट जनरल बुर्हानलाई उत्तराधिकारी घोषणा गरेका छन्
April 15, 2019 11:36 am | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी