प्रियंका चोपडाले आफुलाई यौन शोषण भएको खुलासा
मुम्बई । अभिनेत्री प्रियंका चोपडाले आफुलाई यौन शोषण भएको खुलासा गरेकी छन् । बलिवुडबाट हलिवुडमा जमेकी अभिनेत्री प्रियंका अमेरिकाको न्यूयोर्कमा १०औ महिला सम्मेलनमा बोल्दै यस्तो खुलासा गरेकी हुन् । सो कार्यक्रममा बोल्दै प्रियंकाले आफुले पनि यौन उत्पीडनको सामना गर्नुपरेको बताएकी हुन् ।
उनले भनिन्, ‘यस्तो लाग्छ की महिलाहरुसँग यौन उत्पीडन शब्द जोडिएर आउछ, अब एकअर्कालाई सपोर्ट गरेका कारण अब हामीलाई कसैले चुप गराउन सक्दैन । यस्तो देखेर निकै हिम्मत आउछ ।’
उनले अगाडी भनिन्, ‘यस कोठमामा शायद एक न एक पटक सबैले यसको सामना गरेको हुनुपर्छ । हामिसँग एक आवाज थियो । तर कसैले हाम्रो सुनेन् । अब अहिले सबैले साथ दिएकाले हामि एक्लै छैनौ र मलाई यो कुरा बताउन मलाई कुनै शर्म छैन ।
#MeTOO अभियान अन्तर्गत विश्वभर यौन शोषणका घटनाहरु बाहिर आएका थिए र अहिलेपनि आइरहेका छन् । बलिवुडमा यसअघि नाना पाटेकर, साजिद खान, आलोकनाथ, विकास बहलजस्ता अभिनेता र निर्देशकलाई यौन शोषणको आरोप लागेको थियो ।
April 15, 2019 11:54 am | मनोरञ्जन
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतमा राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको १४१औँ जन्म जयन्ती मनाईयो
कुवेतमा राजु लामाको साथमा ‘Nirem Musical Fest २०२६’ ९ जनवरीमा मनाउदै
विदेशमा रहेका नेपालीलाई मताधिकार दिन ४ वटा कानून संशोधन गर्नुपर्ने
निकाेलस भुसाल गाेरखाबाट पक्राउ
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा