प्रियंका चोपडाले आफुलाई यौन शोषण भएको खुलासा
मुम्बई । अभिनेत्री प्रियंका चोपडाले आफुलाई यौन शोषण भएको खुलासा गरेकी छन् । बलिवुडबाट हलिवुडमा जमेकी अभिनेत्री प्रियंका अमेरिकाको न्यूयोर्कमा १०औ महिला सम्मेलनमा बोल्दै यस्तो खुलासा गरेकी हुन् । सो कार्यक्रममा बोल्दै प्रियंकाले आफुले पनि यौन उत्पीडनको सामना गर्नुपरेको बताएकी हुन् ।
उनले भनिन्, ‘यस्तो लाग्छ की महिलाहरुसँग यौन उत्पीडन शब्द जोडिएर आउछ, अब एकअर्कालाई सपोर्ट गरेका कारण अब हामीलाई कसैले चुप गराउन सक्दैन । यस्तो देखेर निकै हिम्मत आउछ ।’
उनले अगाडी भनिन्, ‘यस कोठमामा शायद एक न एक पटक सबैले यसको सामना गरेको हुनुपर्छ । हामिसँग एक आवाज थियो । तर कसैले हाम्रो सुनेन् । अब अहिले सबैले साथ दिएकाले हामि एक्लै छैनौ र मलाई यो कुरा बताउन मलाई कुनै शर्म छैन ।
#MeTOO अभियान अन्तर्गत विश्वभर यौन शोषणका घटनाहरु बाहिर आएका थिए र अहिलेपनि आइरहेका छन् । बलिवुडमा यसअघि नाना पाटेकर, साजिद खान, आलोकनाथ, विकास बहलजस्ता अभिनेता र निर्देशकलाई यौन शोषणको आरोप लागेको थियो ।
April 15, 2019 11:54 am | मनोरञ्जन
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।