६ महिनासम्म क्यान्सरसँग लडेकी सोनालीको ठूलो खुलासा
मुम्बई। सोनाली बेन्द्रेलाई गत वर्ष क्यान्सर भएको पुष्टि भएको थियो। आफूलाई क्यान्सर भएको पुष्टि भएपछि उनले न्युयोर्कमा उपचार गराएकी थिइन्। ६ महिनाको उपचारपछि उनी अहिले ठिक भएकी छन्। क्यान्सरलाई जित्ने सोनाली आज धेरैलागि इंस्पिरेशन भएकी छन्।
सोनाली केही दिन अगाडि एउटा अन्तर्राष्ट्रिय सम्मेलनमा भाग दिएकी थिइन्। जहाँ उनले आफूलाई लागेको रोगका विषयमा खुलेर कुरा गरेकी थिइन्। सोनालीका अनुसार क्यान्सर रोग आफैंमा डरलाग्दो त हुँदै हो, त्यो भन्दा पनि डरलाग्दो यसको उपचार हुन्छ।
उक्त सम्मेलनमा सोनालीले भनिन्, ‘यो रोग लागेको सुरुवातमै थाहा पाएको राम्रो। यो भयावह रोग हो। तर त्यो भन्दा पनि डरलाग्दो यसको उपचार हुनेरहेछ। यदि यो रोग लागेको सुरुमै जानकारी भयो भने खर्च र दुखाईको हिसाले राम्रो हुनेरहेछ।’ सोनालीले अगाडि भनिन्, ‘सूचना, जागरुकता र फटाफट एक्शन, यी तीन चीन मलाइ उपचारका क्रममा परेको थियो। सबैले यी कुरालाई ध्यानमा राख्नुपर्छ।’
सोनालीले क्यान्सरको ६ महिना उपचार गर्दाको अनुभव आफ्ना फ्यानलाई शेयर गरिसकेकी छन्। केही दिन पहिला एक म्यागेजीनलाई दिएको अन्तर्वातामा सोनालीले भनेकी थिइन्, ‘जब मैले टाउकाको कपाल काटेकी थिएँ, तब मेरा प्रशंशकले उक्त कपाल राख्न भनेका थिए। साउद उहाँहरुले मेरो कपाल हिफाजत होस भन्न चाहनुहुन्थ्यो।’
६ महिनासम्म अमेरिकामा उपचार गरेपछि भारत फर्किएकी सोनालीले आफ्नी दिदी रुपा बेन्द्रेकालागि भावुक पत्र लेखेकी थिइन्। सोनालीले लेखेकी थिइन्, ‘एक दिदी, साथी, रक्षक, मिलनसार, दुख सुख साटासाट गर्ने व्यक्ति हुनुहुन्छ। रुपा दिदी यी सबै तपाइँ नै हो। मेरो उपचारका क्रममा उहाँ नै मेरो सबैभन्दा नजिकको साथी बन्नु भयो।’
April 15, 2019 12:02 pm | मनोरञ्जन
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।