हेमाकालागि भोट माग्दै धर्मेन्द्रले दिए यस्तो अभिव्यक्ति, त्यसपछि ताली बज्न सुरु भयाे…
एजेन्सी। बलिउड अभिनेत्री एवं राजनीतिज्ञ हेमा मालिनी युपीको मथुराबाट लोकसभा निर्वाचनमा प्रतिश्पर्धा गरिरहेकी छन्। यतिबेला चुनावी सरगर्मी निकै बढेको छ। उम्मेद्वारहरु मतलातालाई आफ्नो पक्षमा पर्न दिनरात खटिएका छन्। यसैबीच हेमा मालिनीका पति धमेन्द्र पनि हेमाको समर्थनमा चुनाव प्रचारमा उत्रिएका छन्।
चुनाव प्रचारका क्रममा धमेन्द्रले भने–म देश प्रेम र किसानसँग सधैं जोडिएको छु। त्यही भएर तपाइँहरुको बीचमा आएको छु। म पनि तपाइँहरुमध्ये एक जना हो। मेरा बुवा खेती गर्नुहुन्थ्यो र उहाँ स्कुलमा पढाउनु हुन्थ्यो। म सानो हुँदोदेखि नै देशभक्तिको भावनाले ओतप्रोत छु।’
भारतीय संचारमाध्यमका अनुसार चुनाव प्रचारमा पुगेका धमेन्द्रले चुनावी सभालाई फिल्म शोलको वीरुको जस्तै गरी सम्वोधन गरेका थिए। ‘वीरु’ ले आफ्नी ‘वसन्ती’ कालागि भोटको अपील गर्दै रमाइलो पारामा भने–गाउँले हो यदि तपाइँहरुले हेमा मालिनीलाई भेट दिनु भएन भने यो गाउँमा जहाँ ठूलो ट्यांकी छ, म त्यही चढ्छु।’ त्यसपछि सभामा उपस्थित भएकाले निकै बेरसम्म ताली बजाएका थिए।View image on Twitter


Today is also a special day for me! Dharamji is here in Mathura to campaign for a whole day on my behalf. The public is waiting eagerly to get a glimpse of him & listen to what he has to say! A photo taken in my house in Mathura just now before we leave for campaigning…18.8K10:39 AM – Apr 14, 20192,685 people are talking about thisTwitter Ads info and privacy
हेमाले अफ्नो ट्विटर अकाउन्टमा एउटा फोटो शेयर गर्दै लेखेकी छन्, ‘आज मेरालागि विशेष दिन हो। धरमजी आज मथुरामा मेरालागि चुनाव प्रचार गर्दैहुनुहुन्छ। जनता उनको भाषण सुन्न आतुर छन्। चुनाव प्रचारमा निस्किनु पहिला मथुरामा मेरो घरमै खिचेको यो फोटो।’
April 15, 2019 12:05 pm | मनोरञ्जन
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।